विश्व

भारतीय क्रिकेट टोलीको जर्सी परिवर्तन, अब कस्तो होला ?

भारतीय क्रिकेट टोलीको मुख्य प्रयोजक चिनियाँ कम्पनी ओप्पोले आफ्नो प्रायोजन जारी नराख्ने भएको छ । यस्तोमा भारतीय टोलीलाई भारतीय ब्राण्डले प्रयोजन गर्ने स्थानीय सञ्चारमाध्यमले बताएका छन् । आगामी सेप्टेम्बर महीनामा दक्षिण अफ्रिकाविरुद्धको सेरिजमा भारतीय टोली नयाँ प्रायेजकका साथमा मैदानमा उत्रिनसक्ने बताइएको छ । प्रतिवेदनमा उल्लेख गरिएअनुसार ओप्पोको स्थानमा भारतीय टोलीको प्रयोजन भारतका बेंगलुरुमा रहेको बायजू कम्पनीले गर्नेछ । बायजू शिक्षा क्षेत्रसँग जोडिएको कम्पनी हो । यो कम्पनीले अनलाइन पढाइका साथै… पुरा पढौ

फेसबुकलाई अहिलेसम्मकै ठूलो जरिवाना

सामाजिक संजाल फेसबुकलाई हालसम्मकै ठूलो जरिवाना गरिएको छ । गोपनीयतासम्बन्धी चासोहरूको व्यवस्थापन गर्न फेसबुकले हालसम्मकै सबैभन्दा ठूलो रकम जरिवाना तिर्नुपर्ने अमेरिकी अधिकारीले बताएका छन् । अमेरिकाको संघीय व्यापार आयोग (एफटीसी) का अनुसार फेसबुकले ५ अर्ब डलर जरिवाना तिर्नेछ । कुनै पनि कम्पनीले प्रयोगकर्ताको गोपनीयता उल्लङ्घन गरेको आरोपमा ५ अर्ब डलर जरिवाना तिरेको यो पहिलो पटक हो । एफटीसीले राजनीतिक परामर्शदाता कम्पनी क्याम्ब्रिज एनालिटिकाले ७ करोड ८० लाख फेसबुक प्रयोगकर्ताहरूको डेटा… पुरा पढौ

क्रिस्टियानो रोनाल्डोले यौन दुर्व्यवहारको सजाय भोग्न नपर्ने किन ?

पोर्चुगिच फुटबल स्टार क्रिस्टियानो रोनाल्डोलाई बलात्कारको आरोपमा राहत मिलेको छ । सन् २००९ मा अमेरिकाको लस भेगास होटलमा रोनाल्डोले आफुमाथि बलात्कार गरेको आरोप ३४ बर्षिया क्याथरी मेरागाले लगाएकी थिइन् । अमेरिकी अभियोजनकर्ताले रोनाल्डोमाथि लागेको यौन दुर्व्यवहारको बिषयमा कुनै सजाय भोग्न नपर्ने बताएका हुन् । सन् २०१० मा घटनाको बिषयमा अदालत बाहिर दुवै पक्षबीच सहमतिसमेत भए पनि गत वर्ष यो मुद्धा पुनः ब्युँतिएको थियो । यो आरोपलाई रोनाल्डोले अस्विकार गर्दै आएका… पुरा पढौ

आत्मघाती आक्रमण, सात जनाको मृत्यु

पाकिस्तानको उत्तर पश्चिमी प्रान्त डेरा इस्माइल खानमा आइतबार तालिबान समूहले गरेका दुईवटा आक्रमणमा परी सात जनाको मृत्यु भएको छ । स्थानीय प्रहरीका अनुसार कोट्ला सेडानस्थित प्रहरी जाँच चौकीमा तालिबानी बन्दुकधारीले आइतबार बिहान ७.४५ बजे आक्रमण गर्दा दुई प्रहरीको ज्यान गएको थियो । सोही आक्रमणका क्रममा केही प्रहरी र सर्वसाधारण समेत घाइते भएका थिए । मृतक र घाइतेको उपचारका लागि स्थानीय अस्पतालमा राखिएकोमा त्यहाँ तालिबान समूहमा आबद्ध एक आत्मघाती महिलाले बम… पुरा पढौ

हिन्दू धर्म मान्ने मुस्लिम देशकी राजकुमारी

इन्डोनेसियाका अधिकांश मानिस इस्लाम धर्म मान्छन् । इन्डोनेसियामा ८७.१ प्रतिशत मानिस इस्लाम धर्म मान्छन् । जबकी इन्डोनेसियाको जावाकी राजकुमारी कानजेङ राडेन महेन्द्रानी भने हिन्दु धर्म मान्छिन् । उनले सन् २०१७ देखि हिन्दु धर्मलाई मान्दै आएकी हुन् । उनले आफुलाई हिन्दु धर्मको रीति अनुसार आफनो शुद्धीकरण गरेकी थिईन् । बालीबाट आएका हिन्दु पुजारी श्री भगवान पुत्रनाथ स्वामीजीले उनको शुद्धीकरण गरेका थिए । उनले हिन्दु धर्म अपनाउँदै त्यतीबेला इन्डोनेसियाको मुल धर्म सनातन… पुरा पढौ

गाईको थुनमा श्रीमतीकाे ‘ब्रा’

कहिलेकाँही यस्तो रोचक कुरा सुन्न पाइन्छ जुन समाचार निकै अनौठो खालका हुन्छन् । बेला बेल सञ्चार माध्यमहरूमा यस्ता समाचारहरू आउने गर्दछन् जसले सबैलाइ अचम्मित बनाउछ । स्कटल्याण्डका एक किसानले गाईको थुनमा ब्रा लगाएको समाचारले केही समयअघि निकै चर्चा पाएको थियो । आफ्नो लैनु गाईको बाच्छाले एकापट्टिको मात्रै थुन मात्रै चुस्दा अर्कोतर्फ दूध गानिने समस्याले हैरान भएपछि उक्त किसाने आफ्नो श्रीमतीको एउटा पुरानो ब्रा लगाइदिएपछि उक्त समाचारले विश्वभरी नै तहल्का पिट्यो… पुरा पढौ

छ वर्षको बच्चाले गर्यो दुई घण्टामा ३ हजार पुसअप

छ वर्षे बालकले केवल २ घण्टामै ३ हजार २७० पटक पुसअप गरेर विश्व रेकर्ड बनाएका छन् । रुसमा इब्राहिम लियानोभ नाम उनको यो किर्तिमानलाई रसियन बुक अफ रेकर्डस्मा सामेल गरिएको छ । उनले पुसअप गरेको भिडियो यतिबेला सोसल मिडियामा भाइरल बनिरहेको छ । मिडिया रिपोर्ट अनुसार रुसको एक स्थानीय स्पोर्टस् क्लबले इब्राहिमको उक्त किर्तिमानबाट खुसी भएर ती बालकलाई पुरस्कारको रुपमा घर दिने घोषणा गरेको छ । इब्राहिम र उनका बुवा… पुरा पढौ

डोनाल्ड ट्रम्पलाई भट्टराईकाे जवाफ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हिजो आप्रवासीहरुप्रति लक्षित गर्दै गरेको ट्वीटको विरोध गर्दै पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले ट्रम्पलाई कडा जवाफ दिएका छन् । ट्रम्पले आप्रवासीविरुद्ध विवादित ट्वीट गरेका थिए । ट्रम्पले हिजो ट्वीटरमा लेखेका थिए ‘हामी समाजवादी वा कम्युनिष्ट देश कहिल्यै बन्ने छैनौं । यदि तिमी यहाँ खुसी छैनौ भने तिमी जान सक्छौ । यो तिम्रो रोजाइ हो र तिमी एक्लैको रोजाइ हो । यो अमेरिकाको लागि माया हो । सीमित… पुरा पढौ

मोदीलाई भेट्न चिनियाँ राष्ट्रपति बनारसमा !

चिनियाँ राष्ट्रपति सी चिनफिङ र भारतीय प्रधानमन्त्री नेरन्द्र मोदीबीच दोस्रो अनौपचारिक शिखर वार्ता हुने भएको छ। भारतको द हिन्दु पत्रिकाका अनुसार आगामी अक्टोबर १२ मा सी र मोदीबीच  बनारसमा शिखर वार्ता हुन लागेको हो। बनारस प्रधानमन्त्री मोदीको निर्वाचन क्षेत्र हो।   गत महिना काजगस्तानको विस्केकमा भएको सांघाई कोअपरेशन अर्गनाइजेसनको शिखर सम्मेलनका क्रममा मोदी र सीबीच साइडलाइन वार्ता भएको थियो।  सोही भेटमा दुई नेताबीच  भारत र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको… पुरा पढौ

आगलागीमा तीनको मृत्यु

कुवेतमा आगलागी परी तीन नेपालीको मृत्यु भएको छ । आप्रवासी बस्ने अपार्टमेन्टमा आगो लाग्दा तीन जना नेपालीको मृत्यु भएको हो । मृत्यु हुनेमा सर्लाहीका विजय बैठा, नेपालको ठेगाना खुल्न नसकेको अप्सरा कामी र गौरी दर्जी रहेका छन् । कुवेतस्थित नेपाली दूतावासले आगलागीको कारण भने खुल्न नसकेको जनाएको छ । दूतावासका अनुसार, आगलागीमा परेर केही घाइते भएका छन् । तर उनीहरु नेपाली हुन् होइनन् थाहा हुन सकेको छैन । पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं