हिन्दू धर्म मान्ने मुस्लिम देशकी राजकुमारी

इन्डोनेसियाका अधिकांश मानिस इस्लाम धर्म मान्छन् । इन्डोनेसियामा ८७.१ प्रतिशत मानिस इस्लाम धर्म मान्छन् । जबकी इन्डोनेसियाको जावाकी राजकुमारी कानजेङ राडेन महेन्द्रानी भने हिन्दु धर्म मान्छिन् । उनले सन् २०१७ देखि हिन्दु धर्मलाई मान्दै आएकी हुन् ।

उनले आफुलाई हिन्दु धर्मको रीति अनुसार आफनो शुद्धीकरण गरेकी थिईन् । बालीबाट आएका हिन्दु पुजारी श्री भगवान पुत्रनाथ स्वामीजीले उनको शुद्धीकरण गरेका थिए । उनले हिन्दु धर्म अपनाउँदै त्यतीबेला इन्डोनेसियाको मुल धर्म सनातन धर्म भएको बताउकी थिईन् । त्यतीमात्र होईन उनले आफनो धर्म परिवर्तन गरी मातृ धर्ममा फिर्ता भएको अभिव्यक्ति दिएकी थिईन् ।

इन्डोनेसियाले हिन्दुसंगै अन्य ६ धर्मलाई मान्यता दिएको छ । पछिल्लो समय इन्डोनेसियामा हिन्दु धर्म अवलम्बन गर्नेहरुको संख्या बढ्दै गईरहेको अन्तरराष्ट्रिय मिडियाहरुले जनाएका छन् ।