विश्व

राष्ट्रपतिका सहयोगीको कार्यालयमा आक्रमण, २० जनाको मृत्यु

अफगानिस्तानमा राष्ट्रपतिका सहयोगी अमरूल्लाह सालेहको पार्टी कार्यालयमा आइतबार भएको आतंककारी हमलामा परी ज्यान जानेको संख्या २० पुगेको छ ।   सो कार्यालयलाई लक्ष्यगरी गराइएको विस्फोटपछि पनि कार्यालयमा प्रवेश गरी आक्रमण भएको अधिकारीहरुले आइतबार जनाएका थिए । आइतबार अफगान प्रहरीले दिएको सूचनाअनुसार आक्रमणमा दर्जनौँ घाइते भएका थिए । आइतबार रातिसम्म पनि आक्रमण जारी रहेको बताइएको थियो । स्थानीय समयानुसार आइतबार दिउँसो करिब ४:४० बजे  सालेहको ‘ग्रीन ट्रेन्ड’ कार्यालयनजिकै पारेर विस्फोट गराइएको… पुरा पढौ

उदितनारायण झालाई ज्यान मार्ने धम्की

बलिउडमा सक्रिय नेपालका गायक उदितनारायण झालाई ज्यान मार्ने धम्की आएको छ । अपरिचित व्यक्तिले ज्यान मार्ने धम्की दिएपछि मुम्बई पुलिसले उनको सुरक्षामा विशेष दस्ता परिचालन गरेको छ । झाले दुई हप्ताअघि नै प्रहरीमा आफूलाई ज्यान मार्ने धम्की आएको उजुरी गरेका थिए । एक महिनादेखि निरन्तर उनलाई एक अपरिचित व्यक्तिले फोनमार्फत धम्की दिइरहेको जनाइएको छ । भारतीय पुलिसले अहिले धम्की दिने व्यक्तिको खोजी गरिरहेको जनाएको छ । भारतीय सुरक्षाकर्मीले अहिले उदितनारायणको… पुरा पढौ

१ जनाको अन्तिम संस्कारमा सहभागी ६५ जना कै मृत्यु ! कसरी यस्तो भो ?

 एक जनाको अन्तिम संस्कार भइरहेका समयमा भेला भएकामाथि आतंकवादी समूहले अन्धाधुन्ध गोली हानेको छ । नाइजेरियाको आतंकवादी समूह बोको हरामले अन्धाधुन्ध गोली चलाउँदा ६५ जनाको एकै चिहान भएको छ ।  अन्धाधुन्ध गोली प्रहार हुन थालेपछि उपस्थित भेला पनि उनीहरुसंग जाइलागेको थियो । तर हतियारविहीन उनीहरु बँच्न भने सकेनन् ।  माइदुगुरी जिल्ला नजिक रहेको एक गाउँमा हमलाकारीहरु मोटरसाइकल र भ्यानमा आएका थिए ।  नाइजेरिया आतंकवादीको चपेटामा पर्दै आएको छ । गत… पुरा पढौ

गृहमन्त्रीलाई ट्रोल गर्दा जेल

भर्खरैमात्र बेलायतको गृहमन्त्री बनेकी भारतीय मुलकी प्रिती पटेललाई ट्रोल बनाउँनेलाई जेल सजायँ सुनाईएको छ । प्रितीलाई गएको बर्ष अनलाईनमार्फत आपत्तिजनक सन्देश पठाएको आरोपमा प्रक्राउ परेका गेरार्ड ट्रेयमरलाई २२ महिनाको जेल सजाय सुनाईएको हो । यही बर्ष जनवरीमा प्रक्राउ परेका गेरार्ड ट्रेयमरले अदालतमा आफुमाथि लगाईएको आरोप पनि स्वीकार गरेका छन् । ट्रेयमरले कन्जरभेटिभ पार्टीका वरिष्ठ सांसदको फेसबुक पेजमा अक्टोबर देखि २०१८ डिसेम्बरसम्म नस्लवादी सन्देश पठाएको आरोप छ । उनले आरोप स्वीकार… पुरा पढौ

मोदीको नेपाल भ्रमणबारे छलफल तीव्र

भारतीय विदेशमन्त्री एस जयशंकर र भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यबीच शुक्रबार दिल्लीमा पहिलो पटक औपचारिक भेटवार्ता भएको छ। भारतीय विदेशमन्त्रालय साउथ ब्लकमा शुक्रबार बिहान भएको औपचारिक भेटमा विदेशमन्त्री जयशंकर र राजदूत आचार्यबीच उच्चस्तरीय भ्रमण लगायतका विषयमा छलफल भएको बताइएको छ। एस जयशंकर भारतको विदेशमन्त्री नियुक्त भएपछि नेपाली राजदुतले औपचारिक रुपमा भेटवार्ता गरेको यो पहिलो पटक हो। यसअघि उनीसँग राजदूतको अनौपचारिक भेटघाट भइरहेको थियो। शुक्रबार बिहान साउथ ब्लकमा विदेशमन्त्री जयशंकरसँग… पुरा पढौ

चीनमा बन्ने एप्पलका पाटपूर्जामाथि कर छुट नगर्ने ट्रम्पको घोषणा

चीन र अमेरिकाबीच चलिरहेको व्यापार युद्धले चीनलाई मात्र घाटा भईरहेको छैन, अमेरिकी दिग्गज कम्पनी एप्पल पनि अप्ठेरोमा परेको छ । आफ्ना स्मार्टफोन तथा कम्प्युटरका पाटपूर्जाहरुमध्ये धेरै चीनमै उत्पादन गर्दै आएको एप्पलका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो घोषणा निकै टाउको दुखाईको विषय बन्ने देखिएको छ । चीनमा बन्ने एप्पलका म्याक प्रो कम्प्युटरका पाटपूर्जाहरु अमेरिकामा ल्याउँदा अमेरिकी सरकारले एप्पलमाथि कर तथा भन्सारमा कुनै सहुलियत नदिने राष्ट्रपति ट्रम्पले घोषणा गरेका छन् ।… पुरा पढौ

कश्मिरमा किन थपियो १० हजार सैनिक ?

राष्ट्रिय सुरक्षा सलाहकार (एनएसए) अजित डोभालको कश्मीर यात्राबाट फर्किए लगत्तै १० हजार अतिरिक्त सुरक्षा बल कश्मिरमा पठाइएको छ । भारतीय सञ्चार संस्थाहरुका अनुसार केन्द्रीय गृह मन्त्रालयद्वारा जारी आदेशमा अतिरिक्त केन्द्रीय बलको तैनाथीद्वारा कश्मीरमा आतंककारी नेटवर्कलाई ध्वस्त गराउने अभियानमा जुटेमो भनिएको छ । साथमा राज्यमा कानून-व्यवस्थालाई मजबुत बन्नेमा समेत मद्दत पुग्ने समेत बताइएको छ ।  केन्द्र सरकारका पूर्व मुख्यमन्त्री महबूबा मुफ्ती केन्द्रको यस फैसलाको विरोध गरिरहेका छन् । उनले ट्वीटमार्फत् भनिएको… पुरा पढौ

चीनसँग हवाई सेवा सम्झौता

नेपाल र चीनबीच हवाई यातायातको क्षेत्रमा संयुक्त साझेदारीको सहमति भएको छ । २ देशका हवाई सेवाका अधिकारीबीच बेइजिङमा शुक्रबार सम्पन्न द्विदिवसीय वार्तामा दुवै देशका अधिकारीले नागरिक उड्डयन तथा हवाई सम्पर्क विस्तारका क्षेत्रमा पारस्परिक सहयोगलाई सघन तुल्याउन सहमति जनाएका हुन् । द्विपक्षीय छलफलपछि आज हस्ताक्षर भएको समझदारीपत्रअनुसार चीनले थप ८ वटा चिनियाँ गन्तव्यमा नेपाली हवाई सेवा प्रदायक कम्पनीलाई उडानको अनुमति प्रदान गरेको छ । योसँगै नेपालका विमान कम्पनीलाई चीनका १५ गन्तव्यमा… पुरा पढौ

महेन्द्रसिंह धोनी भारतीय सेनाका कर्णेल

भारतीय क्रिकेट टिमका पूर्व कप्तान तथा विकेटकिपर महेन्द्रसिंह धोनीले जम्मु कास्मिरमा सैनिकको रुपमा काम गर्ने भएका छन्। सेनाको प्यारासुट रेजिमेन्टका मानार्थ लेफ्टिनेट कर्णेल धोनीले १०६ प्रदेशीय बटालियनमा रहेर आगामी ३१ जुलाई देखि १५ अगस्टसम्म काम गर्नेछन्। त्यहाँ रहँदा उनले गस्ती, गार्ड र पोस्टको डिउटी गर्नेछन्। ३८ वर्षीय धोनी सन् २०११ मा प्रादेशिक सेनाको मानार्थ लेफ्टिनेट कर्णेल बनेका थिए। पुरा पढौ

भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँदै, सुरक्षा टोलीको आवत-जावत तीव्र

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भदौमा नेपाल भ्रमणमा आउने भएपछि अहिलेदेखि नै तयारी तीव्र भएको छ । मोदी भदौ अन्तिमसाता ४ दिने भ्रमणमा आउन लागेको बताइएको छ ।  भारतीय सुरक्षाकर्मी र विदेश मन्त्रालयका कर्मचारी अहिलेदेखि नै तयारीमा जुटेका हुन् । मोदीको भ्रमणको तयारीका लागि भारतीय सुरक्षाकर्मीको एक टोली २ पटक काठमाडौं आएर दिल्ली फर्किसकेको छ । भारतीय सेनाका उच्चअधिकृतको टोली र कमाण्डो टोली नेपाल आएर फर्किएको बताइएको छ । त्यसैगरी ‘रअ’… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं