विश्व

नाकाबन्दीका ‘ग्राण्ड डिजाइनर’पनि मोदी सरकारका मन्त्री, यी हुन् ५७ मन्त्री

नरेन्द्र मोदीले भारतको १५ औं प्रधानमन्त्रीको रुपमा शपथ ग्रहण गरेका छन् । बिहीबार बेलुका राष्ट्रपति भवनमा आयोजित समारोहमा राष्ट्रपति कोविन्दले प्रधानमन्त्री र उनका मन्त्रीमण्डलका ५७ जना मन्त्रीलाई शपथ खुवाएका हुन् । प्रधानमन्त्रीसँग २४ क्याबिनेट मन्त्री, ९ राज्यमन्त्री (स्वतन्त्र प्रभार) र २४ राज्यमन्त्रीले पनि शपथ लिएका छन् । भाजपा अध्यक्ष मन्त्री अमित शाहले पनि क्याबिनेट मन्त्रीको रुपमा शपथ लिए । मोदीले पूर्व विदेश सचिव एस. जयशंकरलाई क्यबिनेटमा ल्याएका छन् । जयशंकरलाई… पुरा पढौ

राहुल गान्धीलाई हराउने स्मृति बनिन् मन्त्री

भारतीय कँग्रेस अध्यक्ष राहुल गान्धीलाई लोकसभा चुनावमा हराउने भाजपाकी नेतृ स्मृति इरानीले मन्त्री बनेकी छन् । बिहीबार स्मृतिले भारतीय राष्ट्रपति रामनाथ कोविन्दबाट मन्त्रीको सपथ लिइन् । स्मृतिले कंग्रेसको गढ अमेठीबाट गान्धीलाई पराजित गरेकी थिइन् । स्मृतिलगायत कुनै मन्त्रीको पनि जिम्मेवारी बाँडिएको छैन । पुरा पढौ

बस दुर्घटना, २१ जनाको मृत्यु

मेक्सिकोको पूर्वी क्षेत्रको भेराक्रुज राज्यमा बुधबार भएको सडक दुर्घटनामा कम्तीमा २१ जनाको मृत्यु हुनुका साथै ३० जनाभन्दा बढी घाइते भएका छन् । प्रहरीका अनुसार यात्रु बोकेको पर्यटक बससँग मिनिट्रक ठोक्किएर दुर्घटना भएको हो । दुर्घटना लगत्तै बसमा आगलागी पनि भएको थियो । स्थानीय आपतकालीन टोली पुगेर बसमा यात्रारत व्यक्तिहरुको उद्धार गरेको थियो । घाइतेहरुको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ । पुरा पढौ

आतंकवादले त्रसित विश्व समुदाय

एकाइसौँ शताब्दीलाई इस्लामिक आतंकवादले विश्वव्यापीस्तरमा प्रभावित नगरेको शायदै कुनै मुलुक नहोला । प्राय ः आजभोलिको परिप्रेक्ष्यमा दिनहुँ विश्वका कुनै–न–कुनै देशमा केही–न–केही यस्ता घटनाहरू अवघटित हुँदै आएको समाचार सार्वजनिक नै हुँदै आएका छन्, जसवाट यो स्पष्ट हुन आउँछ कि आतंकवाद आजको विश्व परिवेशको मुख्य मुद्दा नै बन्न गएको छ कि ? यस प्रश्नको समाधान गर्नेतिर दृष्टि पु¥याउँदा अवधारित अधिकांश अवच्छित गतिविधि तथा क्रियाकलापहरू निहित क्षुद्र स्वार्थ पूर्तिको उद्देश्यले गरिएको कुरा समेत… पुरा पढौ

यी हुन् विश्व हल्लाउने साहासी २२ महिला

मानव जातिको इतिहासमा महिलाहरुले पनि विश्व हल्लाएका प्रशस्त उदाहरणहरु छन्। यसै पनि पुरुषहरुको सफलताका पछाडि महिलाहरुको ठूलो हात हुन्छ। तर, उनीहरुको योगदान छायाँमा पर्ने गरेको छ। पुरुष प्रधान समाज र विश्वमा यसलाई सामान्य रुपमा लिइँदा पनि महिलाहरुको योगदान छायाँमा पर्ने गर्दछ। विश्वमा लाखौं महिला छन्, जसले विश्व मानव जाति र सभ्यताका लागि निकै ठूलो योगदान गरेका छन्। कतिले आफ्नो हातमा रहेको शक्तिको चरम दुरुपयोग पनि गरेका छन्। त्यसमध्ये यहाँ हामीले… पुरा पढौ

एउटी महिलासंगको गोप्य भिडियोका कारण ढल्यो अस्ट्रियाको सरकार

चुनाव आफ्नो पक्षमा पार्न एक रुसी महिलासँग कुराकानी गरेको गोप्य भिडियो सार्वजनिक भएपछि अस्ट्रियाको सरकार ढलेको छ । फ्रिडम पार्टीका नेता तथा अस्ट्रियन चान्सलर सोबास्टियन कु्रज गोप्य भिडियो बाहिरिएपछि सत्ता छोड्न बाध्य भएका हुन् । भिडियोका कारण विवादित बनेपछि उनले संसदबाट विश्वासको मत लिनुपर्ने अवस्था आएको थियो । उनले विश्वासको मत प्राप्त गर्न सकेनन् । उनका पूर्व सहयोगी तथा फ्रिडम पार्टी र विपक्षी दल सोसल डेमोक्र्याट्सले अविश्वासको प्रस्तावमा समर्थन जनाएका… पुरा पढौ

मोदीको शपथग्रहणमा बिमस्टेक मुलुकका अतिथिलाई निम्तो

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्रि केपि ओली लगाएत बिमस्टेक मुलुकका अतिथिलाई निम्तो गरेका छन् । दोस्रो कार्यकालका लागि बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रमका लागी उनले निम्तो गरेका हुन् । पहिलो कार्यकालमा मोदीले सार्क मुलुकका सरकार प्रमुख तथा राष्ट्र प्रमुखलाई शपथग्रहण समारोहमा आमन्त्रण गरेका थिए ।यसपटक भने उनले बिमस्टेक राष्ट्रको दायराभित्रबाट अतिथि बोलाउँदैछन् । बिमस्टेक राष्ट्रको सदस्यमा सार्क राष्ट्रका तीन सदस्य मुलुक समावेश छैनन् । सार्क राष्ट्रका सदस्य… पुरा पढौ

भारतमा फेरी भाजपा कार्यकर्ताको हत्या

भारतीय जनता पार्टी (भाजपा) का एक जना कार्यकर्ताको पश्चिम बङ्गालमा फेरी गोली हानी हत्या भएको छ । भारतको पश्चिम बङ्गालमा हतियारधारी अज्ञात व्यक्तिले गोली हानेर ३६ बर्षका चन्दन साउको हत्या भएको हो । उनीमाथि आइतबार राति भातपारा क्षेत्रमा आक्रमण भएको हो । घटनास्थल पश्चिम बङ्गाल प्रदेशको राजधानी कोलकातादेखि ३३ किलोमिटर टाढा पर्दछ । गोली लागेका साउलाई तत्कालै अस्पताल लगिएपनि चिकित्सकहरुले मृत घोषित गरेको एक प्रहरी अधिकारीले जानकारी दिए । यसअघि… पुरा पढौ

सिरियामा हिंसा बढ्दै, २८ लडाकूको मृत्यु

सिरियाली सरकारी फौजको कारबाहीमा परि २८ जना लडाकूकको ज्यान गएको छ । मध्य सिरियाको हामा प्रान्तमा भएको कारबाहीमा परि आईतबार उक्त लडाकुको ज्यान गएको हो । कारबाहीपछि सरकारी फौजले काफ्र नबुदाहलाई पनि पुनः नियन्त्रणमा लिएको छ । सिरियाली सेनाले कफ्र नबुदाहलाई नियन्त्रणमा लिने क्रममा करिब ६७५ पटक हवाई आक्रमण गरेको थियो । अब्जरभेटरीका अनुसार शहरका पूर्वी र उत्तरी भेगमा पनि भिडन्त जारी छ । सिरियाली सेनाले गत मे ८ मा… पुरा पढौ

कारागारमा कैदीबन्दीविच झडप हुदा १५ जनाको मृत्यु

एक कारागारमा कैदीबन्दीबीच झडप हुदा १५ जना कैदीको मृत्यु भएको छ । ब्राजिलको अमेजोनास राज्यको राजधानी मानसबाट करिब २८ किलोमिटर बाहिर रहेको उक्त कारागारमा झडप भएको हो । कारागारका सुरक्षा प्रमुख कर्णेल मार्कोस अल्मेडाले कैदीहरुले दाँत माझ्ने ब्रस लगायतका सामानको प्रयोग गरी एकअर्कामाथि आक्रमण गरेको र कतिपयलाई चक्कुको प्रयोग गरेको जानकारी दिए । उन घटनाको अनुसन्धान शुरु भइसकको पनि बताए । यही कारागारमा सन् २०१७ को जनवरीमा हिंसा भड्किँदा ५६… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं