विश्व

जहाज दुर्घटनामा दुई जनाको मृत्यु

संयुक्तराज्य अमेरिकाको न्यूयोर्कस्थित लङ आइल्यान्डमा एउटा सानो हवाई जहाज दुर्घटना हुँदा त्यसमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । म्याकआर्थर विमानस्थलबाट स्थानीय समय अनुसार बिहान ९ बजे उडेको बीचक्राफ्ट ए३६ विमान साउथहोल्डमा करिब ९ बजेर १५ मिनेटमा दुर्घटनाग्रस्त भएको संघीय नागरिक उड्डयन कार्यालयले बताएको छ । विमानमा सवार एक पुरुष र एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । इन्जिनमा समस्या भएका कारण विमान दुर्घटनाग्रस्त भएको प्रारम्भिक अध्ययनमा… पुरा पढौ

भाजपाको झण्डा हटाउँदा गोली हानाहान, चार जनाको ज्यान गयो

भारतको पश्चिम बंगालमा भएको हिंसात्मक झडपमा कम्तीमा चारजना मारिएका छन् । पश्चिमबंगलाको उत्तरस्थित २४ परगना जिल्लामा शनिबार साँझ भएको झडपमा चारजना मारिएका हुन् । समाचार अनुसार भाजपाको झण्डा निकालिएपछि गोली हानाहान भएको हो । भाजपाले आफ्ना तीन र तृणमूलका एक कार्यकर्ताको मारिएको जनाएको छ । उता तृणमूलले भने कार्यकर्ताले भने आफ्ना कार्यकर्तालाई अपहरण गरेर गोली हानिएको दाबी गरेको छ । तनावलाई देखेर त्यहाँ ठुलो संख्यामा पुलिस परिचालित गरिएको छ ।… पुरा पढौ

किन दिइन् बेलायती प्रधानमन्त्री थेरेसाले पार्टीबाटै राजीनामा ?

बेलायतकी प्रधानमन्त्री थेरेसा मेले शुक्रबार सत्तारुढ कन्जरभेटिभ पार्टीको संसदीय दलको नेताबाट राजीनामा गरेकी छन् । प्रधानमन्त्री मेले जुन ७ मा कन्जरभेटिभ पार्टीको संसदीय दलको नेताको पदबाट राजीनामा दिने यसअघि नै बताएकी थिइन् । मेको ठाउँमा जुलाईको अन्त्यसम्ममा बेलायतमा अर्को प्रधानमन्त्रीको चयन हुनेछ र यस दौडमा ११ जना रहेका छन् । युरोपेली युनियनबाट बेलायत बाहिरिने (ब्रेक्जीट) का बारेमा संसदमा प्रस्ताव ल्याएपनि त्यो पारित हुन नसकेपछि उनले राजीनामा दिन लागेकी हुन् ।… पुरा पढौ

डुंगा दुर्घटनामा मर्ने पर्यटकको संख्या १५ पुग्यो,१३ जना अझै बेपत्ता

हंगेरीको राजधानी बुडापेस्टमा एक साताअघि भएको डुंगा दुर्घटनामा परी मृत्यु हुने पर्यटकको संख्या १५ पुगेको छ । दक्षिण कोरियाली दुई नागरिकको थप शव भेटिएपछि सो संख्या १५ पुगेको प्रहरी स्रोतले जानकारी दिएको हो । दुर्घटनामा परेका अझै पनि १३ व्यक्ति बेपत्ता रहेका प्रहरी स्रोतलाई उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ। हंगेरीको राजधानी बुडापेस्टको ड्यानुब नदीमा दृश्यावलोकन गराउने एक डुंगा एक साता अगाडि पल्टिँदा कम्तीमा सात जनाको मृत्यु हुनुका… पुरा पढौ

पुरुष नर्सद्वारा ८५ बिरामीको हत्या

जर्मनीका अस्पतालमा ८५ जना बिरामीको हत्या गरेको अभियोगमा दोषी ठहर भएका एक जना पूर्व नर्सलाई आजीवन कैदको सजाय सुनाइएको छ । ओल्डेनवर्गको अदालतका न्यायाधीश सेब्यास्टियन ब्युर्मेनले ८५ जना बिरामीको हत्याको अभियोग लागेको पूर्व नर्स निल्स हुगललाई आजीवन कैदको सजाय सुनाएका हुन् । पूर्व नर्स हुगलले दुई वटा अस्पतालका ८५ जना बिरामीको हत्या गरेको ठहर अदालतले गरेको हो । यसअघि पनि दुई जनाको हत्या गरेको अपराधमा सजाय काटिरहेका हुगलले सन् १९९९… पुरा पढौ

नेयमारमाथि बलात्कारको आरोप !

ब्राजिल फुटबल टिमका स्टार स्ट्राइकर नेयमारमाथि बलात्कारको आरोप लागेको छ । एक महिलाले उनलाई यस्तो आरोप लगाएकी हुन् । पेरिसको होटलमा नेयमारले आफूलाई कुटपीट गरी बलात्कार गरेको आरोप ति महिलाले लगाएकी छिन् । नेयमारले भने ति महिलाको सबै आरोप झुठो भएको बताएका छन् । नेयमारका बुबाले पनि ति महिलाले आफ्नो छोरालाई ब्ल्याकमेल गरिरहेको बताएका छन् । पीडित महिलाले आफू ब्राजिलकै भएको बताएकी छिन् । ‘नेयमारसँग मेरो इन्स्टाग्राममा चिनजान भएको र… पुरा पढौ

जेफ बेजोसले किने ८ करोड डलरको घर

विश्वका सबैभन्दा धनी तथा एमजनका संस्थापक जेफ बेजोसले नयाँ घर खरीद गरेका छन् । उनले अमेरिकाको मेनहेटनमा ८ करोड डलरमा उक्त घर खरीद गरेका हुन् । केही समयअघिसम्म एमजनले न्युयोर्कको क्वींस इलाकामा आफ्नो दोस्रो हेडक्वार्टर खोल्ने योजना बनाएको थियो । तर, फेब्रुअरीमा यो योजना रद्द गरिएको थियो । बेजोसले यसपछि न्युयोर्कमा नयाँ घरको खोजीमा थिए । अहिले खरीद गरिएको घरमा उनी गर्लफ्रेन्ड लारेन सन्चेजका साथमा रहनेछन् । बेजोसले खरीद गरेको… पुरा पढौ

बिल गेट्स र वारेन बफेट रेस्टुरेन्टका कामदार

विश्वका सबैभन्दा दुई धनी व्यक्ति के गर्दा हुन् ? उनीहरु कुनै रेष्टुरेन्टमा काम गर्न पुगे भन्ने कुरा सुन्दा अचम्म लाग्न सक्छ । तर, अमेरिकामा यस्तै भएको छ । माइक्रोसफ्टका कोफाउन्डर बिल गेट्स र वर्कसायर हाथवेका चेयरमेन वारेन बफेटले आइसक्रिम तथा फास्टफुड रेस्टुरेन्ट डेरी क्विनमा कर्मचारीको झैं काम गरेका छन् । गेट्सले यसको भिडियो मंगलबार सेयर गरेका छन् ।  बिल गेट्स र वारेन बफेट मिलेर गरेको यो काम खासमा गत महिनाको… पुरा पढौ

अन्धाधुन्ध गोली प्रहार गर्दा ४ जनाको मृत्यु

अस्ट्रेलियाको नर्दन टेरिटोरी राज्यको राजधानी डार्बिनमा एक व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गर्दा कम्तिमा चार जनाको मृत्यु भएको छ । बन्दुकधारीले सटगन लिएर जथाभावी गोली प्रहार गर्दा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । डार्बिनको भित्री क्षेत्र वुल्नरमा कैयौं गोलीको आवाज सुनिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए अहिले सुरक्षा ब्यवस्था कडा पारिएको जनाईएको छ । घटना भएको एक घण्टापछि नै ४५ वर्षीय आक्रमणकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तर पक्राउ परेका व्यक्तिका… पुरा पढौ

नमुना फैसला, नेपालका अदालतले पनि सिको गरुन्

भारतको राजस्थानस्थित प्रतापगढ जिल्ला अदालतले अवैध रुपमा रुख काट्ने ४ अभियुक्तलाई जमानतका लागि १० गुणा बढी बिरुवा रोप्ने आदेश दिएको छ । २७ वटा रुख काटेका उनीहरुलाई अदालतले २७० वटा बिरुवा रोपेर फोटो पेस गर्न भनेको हो ।  यी चार आरोपीले जमानतका लागि न्यायाधीश राजेन्द्रकुमार शर्मासमक्ष निवेदन दिएका थिए । न्यायाधीश शर्माको इजलासले उनीहरुलाई दोषी ठहर्याउँदै एक महिनाभित्र २७० बिरुवा रोप्न आदेश दियो । आदेशअनुसार,  यी बिरुवाको रेखदेख पनि उनीहरुले… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं