अन्धाधुन्ध गोली प्रहार गर्दा ४ जनाको मृत्यु

अस्ट्रेलियाको नर्दन टेरिटोरी राज्यको राजधानी डार्बिनमा एक व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गर्दा कम्तिमा चार जनाको मृत्यु भएको छ ।

बन्दुकधारीले सटगन लिएर जथाभावी गोली प्रहार गर्दा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।
डार्बिनको भित्री क्षेत्र वुल्नरमा कैयौं गोलीको आवाज सुनिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए अहिले सुरक्षा ब्यवस्था कडा पारिएको जनाईएको छ ।

घटना भएको एक घण्टापछि नै ४५ वर्षीय आक्रमणकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तर पक्राउ परेका व्यक्तिका बारेमा विस्तृत जानकारी दिइएको छैन ।