ताजा समाचार

जेठ १६ गते २०७६

आतंकवादले त्रसित विश्व समुदाय

एकाइसौँ शताब्दीलाई इस्लामिक आतंकवादले विश्वव्यापीस्तरमा प्रभावित नगरेको शायदै कुनै मुलुक नहोला । प्राय ः आजभोलिको परिप्रेक्ष्यमा दिनहुँ विश्वका कुनै–न–कुनै देशमा केही–न–केही यस्ता घटनाहरू अवघटित हुँदै आएको समाचार सार्वजनिक नै हुँदै आएका छन्, जसवाट यो स्पष्ट हुन आउँछ कि आतंकवाद आजको विश्व परिवेशको मुख्य मुद्दा नै बन्न गएको छ कि ? यस प्रश्नको समाधान गर्नेतिर दृष्टि पु¥याउँदा अवधारित अधिकांश अवच्छित गतिविधि तथा क्रियाकलापहरू निहित क्षुद्र स्वार्थ पूर्तिको उद्देश्यले गरिएको कुरा समेत छर्लङ्ग प्रायः नै हुन आउँछ । फेरि प्रश्न उठ्छ–विश्वको सर्वश्रेष्ठ प्राणी भनिने मानिसलाई आत्मीयता, सद्भाव, सहिष्णुता, लोक कल्याणकारी भावनाले किन अभिभूत पार्न सकेको छैन । जीवनको शाश्वत सत्य– नश्वर शरीर, गरेको सत्कर्म वा असल कर्मले गर्दा नै मृत्यु पश्चात् पनि अरूबाट सम्झिने मूल कुरोलाई मानिसले किन आत्मसात गरी तद्नुरूप गर्नेतिर प्रेरित हुन सकेको छैन । यसमाथि गहिरिएर विचार गर्दा केही विशिष्ट पक्षका रूपमा प्रस्तुत गर्न सकिन्छ ः

(क) आजको मानिस आत्मबल र स्वाभिमान विहीन हुन पुगेको छ त्यसैले अरूको देखासिकी गरेर तद्नुरूपको कार्य गर्नेतिर र बढी प्रवृत रहँदै आएको छ ।
(ख) उसको जीवन र उसले गरेका असल कर्मले नै उसको जीवनको निस्सारतालाई उसको मृत्यु पश्चात् पनि अरूलाई सम्झिन प्रेरित गर्ने कुरो बुझ्न सकेको छैन ।
(ग) व्यक्ति विशेषको विषेश योगदान र उल्ल्ेखनीय कार्य नै अरूका लागि प्रेरणादायी हुन सक्छ, त्यसलाई मानिसले आत्मसात गरी पालन गर्न सकेको छैन ।
(घ) कुरा अरूको पनि सुन्नुपर्छ तर निर्णय लिने बखत पूर्ण रूपले आफ्नो विवेक प्रयोग गरी आफ्नो मनले माने अनुरूप गर्नुपर्छ, अरूको कुरामा यदि केही उचित लागेको भए त्यसलाई मात्र यथासम्भव ठाउँ दिनुपर्छ ।
(ङ) अरूको सहयोग लिन उचित र आवश्यक लागेमा पात्रता हेरी उपयुक्त र सही सल्लाह दिनेसँग मात्र सल्लाह गर्नुपर्छ ।
(च) आजभोलिको परिवेश असल र भलो चाहनेहरूको संख्या अति अल्प रहन गएकोले बहुसंख्यकले भनेको कुरा सुनेर आत्तिनु हुँदैन, धैर्य र संयमको पालन गर्नुपर्छ ।
(छ) राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रका महान् व्यक्तित्व र विभूतिहरूको व्यक्तित्व, कृतित्व र योगदानबाट प्रेरणा लिई तद्नुरूप जीवनमा अघि बढ्ने वानी बसाल्नुपर्छ ।
(ज) कसैको पनि अन्धानुकरण नगरी आफ्नो व्यक्तित्वको छाप पर्ने गरी कार्य गर्नुपर्छ ।
(झ) सबभन्दा महत्वपूर्ण कुरो आफ्नो व्यक्तित्वको विकासका लागि सँधै प्रेरणीय बस्तु, व्यक्तित्वहरूका जीवनबाट शिक्षा ग्रहण गरेर हमेशा आफ्नो व्यक्तित्वको छाप पछिसम्म रहिरहने प्रकारले आफ्नो जीवनसाथमा धैर्य र संयमपूर्वक बढ्दै जानुपर्छ ।
(ञ) जीवनको सार्थकता ‘बहुजन हिताय र बहुजन सुखाय’ प्रकृतिका कार्य गरेपछि मात्र प्रमाणित हुने मूलमन्त्रलाई सधै अनुपालन गर्दै जानुपर्छ ।

आजभोलि जताततै र जहाँकही पनि आतंकवादी गतिविधिहरूको वर्चश्व रहेको हेर्न सकिन्छ, जसबाट सीमित समूहलाई मात्र तत्कालका लागि केही फाईदा र लाभ भएपनि पछि त्यसले त्यस्ता गलत क्रियाकलापको फल भोग्नै पर्छ र स्पष्ट शब्दमा भने त्यस्ता गर्नेहरू मध्ये धैरैलाई पछि पश्चाताप गर्दै देखेको स्तम्भकारको अनुभूति हो । अर्काेपक्ष, केही यस्तो पनि देखिएको छ जसलाई तटस्थतालाई अनुपालन गर्दै आएको छ र त्यस्तालाई धेरै जसोले महत्व नदिएर बेवास्ता पनि गर्ने गरे पनि त्यस्ता तटस्थ रहनेहरू उपयुक्त ठाउँमा नपुगे पनि वा तिनको उपेक्षा सत्तासीन वा शासकवर्गबाट गरिए पनि तिनको जिवन चक्र शान्त र स्थिर रूपमा नै संचालित रहेको हुन्छ । आजको समाज, गाउँ, नगर, जिल्ला, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्रतको स्वरूप हेर्दा विद्यार्थि जिवनमा छ दशक अगाडी कवि जनार्दन झा ‘द्विज’को पदेको ‘विश्व–बेदना’ शीर्षक हिन्दी कविताका अधोलिखित पंतिहरू सहजै स्मरण हुन आउँछ –‘‘दानवता की विजय पराजय मानवता की घोर अनय है । बात पराये की मत पूछो हमे हाय आप्नो का भय है ।।’’

भावर्थ यो कि आज सबभन्दा विसंगति र विकृतिको कुरा यो छ कि मानवतामाथि दानवता हावी भै सकेको छ राम्रा कामहरू साटो नराम्रा कामहरूको अधिक्य भै सकेको छ । जसले गर्दा अरूसँग डराउनु भन्दा मानिस आफन्त भनाउँदाहरूसँग नै पिडित रहँदै आएको छ । जसको एकमात्र कारण निहित क्षणिक स्वार्थपूर्ति गर्ने भवनाको प्रवलता यत्र–तत्र व्याप्त रहँदै आएको छ ।

यसको मूल कारण सर्वश्रेष्ठ प्राणी भनिने मानवले आज बुद्धि, विवेक, सहिष्णुता, सामाञ्जस्य, मेलमिलाप, आत्मीयता जस्ता लोककल्याणकारी भावनाहरूलाई आत्मसात गर्न सकेको छैन । जवकी मानव–जीवनको शाश्वत सत्य यो छ कि मानव खाली हात यो संसारमा आउँछ र खाली हात नै यो संसारबाट जान्छ तर पनि सृष्टिको श्रेष्ठ प्राणी किन निकृष्ट बन्न पुगेको छ, किन मंगलकारी भावनाको प्रवलता उसमा हुन सकेको छैन । यहाँ फेरि ‘मैथिल संस्कृति’ को लोकजीवनमा प्राचीनकाल देखि गाईदै आएको लोक–संकोत्र्तनको यस पक्षलाई उद्घृत गर्न प्रासंगिक हुन आएको छ– ‘‘ एकाएक समी को जान है कचहारिआ
ओढके चदरिआ ना, दूगी दूसरो न,
कोई जिअरा आपने न होई–२
तीगी तीन दिनन के लागल बा बजरिआ ।। ओढ्के….
चौका चार कहरिआ अईहे
त्येके मरघटमे सुतैहे
पंजा पाँच लकरिआ फेक चले पाखरिआ ।। आढ्के….’’

नेपालको मिथिलाञ्चल र भारतको विहार उत्तरप्रदेशको लोकजीवनको ग्राम्य वातावरणका लोकसङ्र्कीत्तन मंडलीका ग्रामिण सामान्य पढे लेखेका र अशिक्षित गायक कलाकारहरूका टोलीद्वारा प्राय ः साँझ पख हारमोनियम, ढोलक, झ्याल जस्ता सामान्य वाद्य यंत्रहरूको सुमधुर तालमा गाईने यस संर्कीत्तनको एकमात्र भाव यो छ कि संसारमा जन्मलिने सबैले एक दिन यो संसारबाट जानुपर्छ र त्यो पनि सेतो चादर मात्र ओढेर किनकि उसको साथमा जाने कोही हुँदैन । हाँ मृत्यु पश्चातर चार जनाले उसको मृत शरीरलाई बाँसको पाटीमाथि बोेकेर समशान घाटमा पु¥याउँछ र उसको अन्त्येष्ठि गरी सकेपछि कठिआरी (शव यात्रामा गएकाहरू)मा गएकाहरू सबैले पाँच–पाँच वटा सानो काठको लकडीको टक्रा उसको चितामाथि फालेर पोखरीमा आउँछ र नुहाई–धुआई गरेर आ–आफ्नो क्षणिक मायाको घरमा फर्केर आउँछ । यही नै संसारको प्राचीन लौकिक चलन हो ।

निष्कर्षत ः मानव जीवनको क्षणभंगुरता, सत्य–तथ्य सबैलाई थाहा हुँदा–हुँदै पनि आज विश्वका सर्वश्रेष्ठ भनिने प्राणी मानव आज किन दानव भै सकेको छ र किन अशान्ति, विद्रोह, जघन्य क्रियाकलाप र आतंकवादलाई मानिसले प्रश्रय दिँदै मानवजीवनलाई दानवजीवनमा परिणत गरी दिएको छ । जबकि जसले जे जति आर्जन गरे पनि उसंग केही जाँदैन उसको जीवनको अन्तिम नियति चित्तामा खरानी हुनु मात्र हो । यहाँ, एउटै सम्झिने कुरो, उसले गरेको असल काम मात्र अरूका लागि प्रेरणादायी बन्न सक्छ, यसलाई सवैले आत्मसात गरेमा मात्र जीवनको सार्थकता रहनेछ । आतंकवाद भन्ने जस्तो कुनै विकृतिजन्य कार्यको शेष रहन जाँदैन । आज विश्व समुदायले सम्झिने जीवनको सार्थक पक्ष एकमात्र यही तथ्य र वास्तविकता हो । यसलाई सम्झनेमा मात्र ‘वसुधैव कुटुम्वकम्’को सार्थकता रहनेछ ।
(लेखक वरिष्ठ साहित्यकार, संस्कृति विज्ञ र आध्यात्मिक चिन्तक हुन् ।
(मधेश दर्पण फिचर सेवा)