विश्व

डुंगा दुर्घटनामा १० जनाको मृत्यु

चीनको दक्षिणपश्चिमी प्रान्त गुइझाओमा बिहीबार अपराह्नमा भएको एक डुंगा दुर्घटनामा कम्ती १० व्यक्तिको मृत्यु भएको छ। स्थानीय समयानुसार शुक्रबार २ बजेसम्म यस दुर्घटनामा परेका १० व्यक्ति बेपत्ता रहेका स्थानीय अधिकारीहरुले जानकारी दिएका छन्। यस दुर्घटनामा परेका ११ व्यक्तिलाई भने उद्धार गरिएको र घाइते भएका सबैलाई स्थानीय अस्पतालमा उपचारको लागि लगिएको छ। स्थानीय समयाअनुसार बिहीबार बेलुका ६ः३० मा दुर्घटना भएको यस डुंगामा २९ व्यक्ति सवार रहेका बताइएको छ। दुर्घटनाको कारण अनुसन्धानरत… पुरा पढौ

चर्चित क्रिकेटरले पहिलो पटक राजनैतिक चुनाव जिते

चर्चित भारतीय क्रिकेटर गौतम गम्भिर पहिलो पटक राजनितीमा प्रबेश गरे । मोदीबाट आफु प्रभावित भएको भन्दै उनले भाजपामा प्रबेश गरी यस पटक चुनाव पनि लडे । उनले पूर्वी दिल्लीबाट चुनाव लडेका थिए । पछिल्लो समय भाजपाको बढ्दो राजनितिक प्रभाव र आफनो लोकप्रियताको कारण गौतम गम्भिरले पहिलो पटक नै चुनावमा जिते हासिल गरेका छन् । चुनावमा उनले कांग्रेसका मन्त्री बनिसकेका अरविन्दर सिंह लब्लीलाई भारी मतले पराजित गरेका हुन् । उनले ट्वीटरमार्फत… पुरा पढौ

सिक्किममा २५ वर्षपछि नयाँ मुख्यमन्त्री

भारतको सिक्किमको सत्ताबाट २५ वर्षपछि पवन चाम्लिङ बाहिरिने भएका छन्। विधानसभा चुनावमा चाम्लिङको पार्टी एसडीएफलाई दुई सिटले पछि पार्दै पीएस गोलेको सिक्किम क्रान्तिकारी मोर्चा सत्तानजिक पुगेको छ। यो नेपालीभाषीको राज्य हो । बिहिबार साँझ सार्वजनिक अन्तिम मत परिणाम अनुसार सिक्किमको विधानसभाका ३२ सिटमा चाम्लिङको पार्टीले १५ सिट जितेको छ भने गोलेको पार्टीले १७ सिट पाएको छ । सिक्किममा गोलेको पार्टीलाई सरकार बनाउने बाटो खुलेको छ।सिक्किमबाट लोकसभामा १ जनामात्र निर्वाचित हुने… पुरा पढौ

कन्हैया कुमार : चर्चा धेरै, मत थोरै

 भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका कडा आलोचकको रुपमा चिनिएका युवा नेता कन्हैया कुमारले यस पटकको चुनावमा नमिठो पराजय भोगेका छन् । बिहारको बेगुसरायबाट लोकसभा चुनावमा उम्मेद्वार बनेका उनी झन्डै चार लाख मतान्तरले पराजित बनेका छन् । उनको प्रतिष्र्धीको रुपमा भाजपाका गिरिराज सिंह रहेका थिए । सिंहले ६ लाख ३ हजार २२ मत पाएका छन् । बिहारमा निकै चर्चित रहेका कन्हैया कुमारको पराजयले युवा पुस्तालाई झट्का दिएको छ । कुनै समय राष्ट्र… पुरा पढौ

भारतका सबै प्रदेशमा ‘हाइ अलर्ट’ किन ?

इलेक्ट्रोनिक भोटिङ्ग मेसिनलाई लिएर सुरु भएको यूपीए लगायत सरकारमा नरहेका दलहरुको विरोधलाई लिएर बिहीवार काउन्टिङ्गको दौरान हिंसाको आशंका गरिएको छ । यही आशंकाका कारण भारतको गृह मन्त्रालयले सबै राज्यमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । बिहीबार विहान ८ बजेदेखि हरेक प्रदेशहरुमा चुनावी मतगणना सुरु हुँदैछ । यसका अलावा, ती स्थानहरुमा राजनीतिक दलहरुले हिंसा भड्काउने खालको बयान दिएका कारण सुरक्षा चुनौति थपिएको सरकारको ठहर छ । यसैलाई मध्येनजर गर्दै केन्द्रले सबै… पुरा पढौ

चुनावी परिणामलाई लिएर भएको द्धन्द्धमा ६ जनाको मृत्यु

इन्डोनेसियामा चुनावी परिणामका कारण ६ जनाको मृत्यु भएको छ । हालै सम्पन्न राष्ट्रपति निर्वाचनमा वर्तमान राष्ट्रपति जोको विडोडो पुनः निर्वाचित भएको घोषणापछि राजधानी जकार्ता लगायतका शहरमा भएको विरोध प्रदर्शनका क्रममा ६ जनाको मृत्यु भएको हो। घटनामा २ सय जना घाइते भएका छन् । इन्डोनेसियामा हिजो घोेषित मत परिणामअनुसार राष्ट्रपति जोको विडोडोले ५५.५ र उनका निकटतम प्रतिद्वन्द्वी विपक्षी दलका नेता पूर्व सैनिक जनरल प्रबोवो सुविआन्तोले ४४.५ प्रतिशत मत प्राप्त गरेका थिए… पुरा पढौ

गान्धीका हत्याराको जन्मदिन मनाउँदा…

महात्मा गान्धीको हत्या गर्ने नाथुराम गोडसेको जन्म दिन मनाउने ६ जनालाई भारतीय प्रहरीले पक्राउ गरेको छ। गुजरातको सूरतस्थित लियाबत क्षेत्रमा रहेको एक मन्दिरमा गान्धीका हत्या गोडसेको जन्मदिन मनाएको अरोपमा सोमबार प्रहरीले हिन्दू दक्षिणपन्थी राष्ट्रवादी दल हिन्दू महासभाका ६ जना कार्यकतालाई पक्राउ गरेको हो। सूरत प्रहरी आयुक्त सतीश शर्माका अनुसार हिन्दू महासभाका कार्यकर्ताले त्यहाँको सूर्यमुखी हनुमान मन्दिर परिसरमा गोड्सेको जन्म दिन मनाएका थिए।  गोड्से सन् १९१० को मे १९ मा जन्मिएका… पुरा पढौ

पाकिस्तानमा सबैभन्दा धेरै खोजिए मोदी

भारतमा चुनाव सकिए लगत्तै भारतीय विभिन्न मिडियाहरुले गरेको मत सर्बेक्षण प्रक्षेपणहरुहरुमा भारतीय जनता पार्टीले बहुमत ल्याउँने र यस पटक पनि मोदीकै सरकार बन्ने दाबी गरिरहेको छ । उता बिपक्षी दल कांग्रेसले भने उक्त मत सर्बेक्षण प्रक्षेपणहरु ठाडै अस्वीकार गर्दै मतगणनालाई मात्र विश्वास गर्न सकिने बताएको छ । मतसर्वेक्षणमा आएका काल्पनिक संख्याका बारेमा निरर्थक बहस गर्नुको कुनै औचित्य रहेको कांग्रेसले भनेको छ । यता विभिन्न अन्तराष्ट्रिय मिडियाहरुले समेत मोदीकै सरकार बन्ने… पुरा पढौ

विश्व चर्चित २६ वर्षे गायिका सेलेना गोमेज विवाह बन्धनमा बाधिँदै,किन रोजिन ६८ वर्षिय वृद्ध

चर्चित गायिका सेलेना गोमेज अव विवाह बन्धनमा बाँधिदै छिन् । उनले ‘द डेड डोन्ट लाइ’ का सहकर्मी बिल मुर्रेसँग विवाह गर्न लागेको इन्टाग्राममार्फत् जानकारी दिएकी हुन् । उनि आफ्नो पहिलो कान्स फिल्म फेस्टिबलमा उपस्थिती जनाएपछि घर फिर्ता भएकी छिन् । कान्स फिल्म फेस्टिबलको रेड कार्पेटमा हिँड्दाको अनुभव उनले आफ्नो इन्स्टाग्राम अकाउन्ट मार्फत सेयर गरेकी छिन् । उक्त इन्स्टाग्राम अकाउन्ट मार्फतनै उनले अव छिट्टै बिल मुर्रेसंग विवाह हुने पनि बताईन् ।… पुरा पढौ

गोली चल्दा ११ जनाको मृत्यु

ब्राजिलको उत्तरी प्रान्त पारामा आइतबार अपराह्न एक समूहले गोली चलाउँदा कम्तीमा ११ जनाको ज्यान गएको छ । स्थानीय प्रहरीका अनुसार अपराह्न ४ बजे सात जना बन्दुकधारी बेलेम शहरको गुआमामा रहेको एक बारमा प्रवेश गरी गोली चलाएका हुन् । हत्या भएकाहरुमा छ जना महिला र पाँच पुरुष छन् । प्रहरीले एक जना शंकास्पद बन्दुकधारीलाई पक्राउ गरेको छ । गोली चलाउने अरुहरु भने फरार छन् । घाइतेलाई प्रहरीले उद्धार गरी अस्पताल भर्ना… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं