ताजा समाचार

जेठ ८ गते २०७६

चुनावी परिणामलाई लिएर भएको द्धन्द्धमा ६ जनाको मृत्यु

इन्डोनेसियामा चुनावी परिणामका कारण ६ जनाको मृत्यु भएको छ ।

हालै सम्पन्न राष्ट्रपति निर्वाचनमा वर्तमान राष्ट्रपति जोको विडोडो पुनः निर्वाचित भएको घोषणापछि राजधानी जकार्ता लगायतका शहरमा भएको विरोध प्रदर्शनका क्रममा ६ जनाको मृत्यु भएको हो।

घटनामा २ सय जना घाइते भएका छन् । इन्डोनेसियामा हिजो घोेषित मत परिणामअनुसार राष्ट्रपति जोको विडोडोले ५५.५ र उनका निकटतम प्रतिद्वन्द्वी विपक्षी दलका नेता पूर्व सैनिक जनरल प्रबोवो सुविआन्तोले ४४.५ प्रतिशत मत प्राप्त गरेका थिए ।

प्रबोवो सुविआन्तोका समर्थकहरुले राजधानी जकार्तामा आगजनी र तोडफोड गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा ६ जनाको मृत्यु भएको हो । प्रहरीले २० जना प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।