कन्हैया कुमार : चर्चा धेरै, मत थोरै


 भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका कडा आलोचकको रुपमा चिनिएका युवा नेता कन्हैया कुमारले यस पटकको चुनावमा नमिठो पराजय भोगेका छन् । बिहारको बेगुसरायबाट लोकसभा चुनावमा उम्मेद्वार बनेका उनी झन्डै चार लाख मतान्तरले पराजित बनेका छन् । उनको प्रतिष्र्धीको रुपमा भाजपाका गिरिराज सिंह रहेका थिए । सिंहले ६ लाख ३ हजार २२ मत पाएका छन् ।

बिहारमा निकै चर्चित रहेका कन्हैया कुमारको पराजयले युवा पुस्तालाई झट्का दिएको छ । कुनै समय राष्ट्र बिरोधीको आरोप समेत लागेर जेल पुगिसकेका कन्हैया कुमार अन्तर्राष्ट्रिय समुदायको समेत ध्यान खिचेका युवा नेता हुन् ।

सन् १९८७ मा बिहारको बहुसराय जिल्लामा विपन्न किसान परिवारमा जन्मिएका उनी सन् २००२ मा कम्युनिष्ट पार्टी अफ इन्डिया (सीपीआई) को विद्यार्थी संगठन एआईएफसीको सदस्य बनेका थिए । पछि उनी इतिहास बदल्दै जेएनयूको विद्यार्थी संगठनको अध्यक्ष भएका थिए ।


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं