ताजा समाचार

जेठ ६ गते २०७६

पाकिस्तानमा सबैभन्दा धेरै खोजिए मोदी

भारतमा चुनाव सकिए लगत्तै भारतीय विभिन्न मिडियाहरुले गरेको मत सर्बेक्षण प्रक्षेपणहरुहरुमा भारतीय जनता पार्टीले बहुमत ल्याउँने र यस पटक पनि मोदीकै सरकार बन्ने दाबी गरिरहेको छ । उता बिपक्षी दल कांग्रेसले भने उक्त मत सर्बेक्षण प्रक्षेपणहरु ठाडै अस्वीकार गर्दै मतगणनालाई मात्र विश्वास गर्न सकिने बताएको छ ।

मतसर्वेक्षणमा आएका काल्पनिक संख्याका बारेमा निरर्थक बहस गर्नुको कुनै औचित्य रहेको कांग्रेसले भनेको छ । यता विभिन्न अन्तराष्ट्रिय मिडियाहरुले समेत मोदीकै सरकार बन्ने लक्ष्ण देखिएको भन्दै समाचार प्रकासन गरिरहेका छन् । यस पटक भारतको चुनाव विश्वले नै चासोका साथ हेरिरहेको छ ।

नेपाल सहित भारतका छिमेकी मुलुकहरु पनि मत सर्बेक्षण र मत गणनाको प्रतिक्षामा रहेका छन् जसमा पाकिस्तान पनि पर्छ । यता भारतमा यस पटक पनि मोदीकै सरकार बन्ने मत सर्बेक्षण भईरहेको बेला भारतमा भन्दा पनि पाकिस्तानको मोदीको खोजी बढि देखिएको छ । हिजोेदेखि आजसम्ममा पाकिस्तानीहरुले मोदीलाई सबैभन्दा धेरै गुगलमा सर्च गरेका छन् । पाकिस्तानमा मोदीलाई ८८ प्रतिशत गुगल सर्च गरिएको छ भने राहुल गान्धी १२ प्रतिशत सर्च भएका छन् ।

यता भारतमा मोदी ८७ प्रतिशत गुगल सर्च भएका छन् भने राहुल गान्धी १३ प्रतिशत सर्च भएका छन् । बिषेश गरी पुलवामामा आक्रमणपछि भएका घटना क्रमले पाकिस्तानमा मोदीलाई घृणा गर्नेहरु धेरै छन् तर इमरान खानको सरकार भने यस पटक पनि मोदीले नै चुनाव जितोस भन्ने पक्षमा देखिएको थियो किनकी मोदी प्रधानमन्त्री भएमात्र कश्मिरका युवाहरुको समस्या समाधान हुने विश्वास उसले लिएको छ ।