ताजा समाचार

जेठ १० गते २०७६

चर्चित क्रिकेटरले पहिलो पटक राजनैतिक चुनाव जिते

चर्चित भारतीय क्रिकेटर गौतम गम्भिर पहिलो पटक राजनितीमा प्रबेश गरे । मोदीबाट आफु प्रभावित भएको भन्दै उनले भाजपामा प्रबेश गरी यस पटक चुनाव पनि लडे । उनले पूर्वी दिल्लीबाट चुनाव लडेका थिए ।

पछिल्लो समय भाजपाको बढ्दो राजनितिक प्रभाव र आफनो लोकप्रियताको कारण गौतम गम्भिरले पहिलो पटक नै चुनावमा जिते हासिल गरेका छन् । चुनावमा उनले कांग्रेसका मन्त्री बनिसकेका अरविन्दर सिंह लब्लीलाई भारी मतले पराजित गरेका हुन् ।

उनले ट्वीटरमार्फत आफनो खुसी व्यक्त गरेका छन् । साथै उनले अर्को ट्वीटमा अरविंद केजरीवालको चर्को आलोचना गरेका छन् । उनले केजरीवालले आफनो नैतिकता र इमान्दारीता नै गुमाएको बताएका छन ।

उनले अरविंद केजरीवालले ८ महिनामा आफनो सत्ता गुमाएको भन्दै कटाक्ष हानेका छन् । यता उनले चुनाव जितेसंगै भारतीय क्रिकेटरहरुले उनलाई बधाई दिईरहेका छन्।