विश्व

आधुनिक अष्ट्रेलिया निर्माताको निधन

अष्ट्रेलियाका पूर्व प्रधानमन्त्री बब हकको ८९ वर्षमा निधन भएको छ । पूर्व प्रधानमन्त्री हकको बिहीबार निधन भएको बताईएको हो । उनी सन् १९८३ देखि १९९१ सम्म अष्ट्रेलियाको प्रधानमन्त्री भएका थिए । अष्ट्रेलियामा सबैभन्दा धेरै प्रधानमन्त्रीको रुपमा रहनेमध्ये उनी तेस्रो नम्बरमा पर्छन् । अष्ट्रेलियाको २३औँ प्रधानमन्त्री बनेका उनी लेबर पार्टीमा आबद्ध थिए । हकलाई आधुनिक अष्ट्रेलियाका निर्माताका रुपमा पनि चिनिन्छ । अष्ट्रेलियाको अर्थतन्त्रलाई बलियो बनाउनुका साथै, स्वास्थ्य क्षेत्र र वातावरणको क्षेत्रमा… पुरा पढौ

भारतिय जेलबाट मुक्त भई स्वदेश फर्किए १९ पाकिस्तानी

भारतले मुक्त गरेका १९ जना पाकिस्तानी कैदीबन्दी अट्टारी–वागा सीमा हुँदै पाकिस्तान प्रस्थान गरेका छन् । जासुसी र गैरकानुनी रुपमा भारतमा रहेबसेको आरोपमा पक्राउ परेका पाकिस्तानीमध्ये १९ जनालाई भारत सरकारले छाड्ने आदेश दिएपछि उनिहरु आफ्नो देश प्रस्थान गरेका हुन् । भारतीय जेलबाट मुक्त भएका विकास अहमदले सन् २००९ मा आफूलाई भारतीय प्रवेशाज्ञा नभएको आरोपमा पक्राउ गरिएको बताए । पछिल्ला दिनहरुमा दुबै मुलुकले एकअर्का देशको थुनामा रहेका नागरिकलाई छाड्नेक्रम बढाएका छन् ।… पुरा पढौ

सोमबारदेखि जङ्गलमा लागेको भीषण आगलागि अझै नियन्त्रणमा आएन

चीनको युनान प्रान्तमा गत सोमबारबाट जङ्गलमा शुरु भएको आगलागी अझै नियन्त्रणमा आएको छैन । स्थानीय समयाअनुसार बुधबार बिहान ९ बजेबाट डढेलोको नियन्त्रणका लागि करिब २ हजार व्यक्ति र तीन ओटा हेलिकोप्टर परिचालन गरिएको छ । तर आगलागीको मात्रा घटेको छैन । कुङ्मिङ् प्रान्तमा अवस्थित जङ्गलमा आगो फैलिइरहेको र त्यसलाई कम गर्न नसकिएकोे आगलागी नियन्त्रण केन्द्रको प्रान्तीय विभागले जानकारी दिएको छ । आगोले के कति जङ्गल सखाप पार्यो भन्ने बारेको समाचारको… पुरा पढौ

फ्लुका कारण ४२ जनाको मृत्यु

फ्लुका कारण अष्ट्रेलियामा ४२ जनाको मृत्यु भएको छ । फ्लुका कारण यसवर्ष अहिलेसम्म अष्ट्रेलियामा ४२ जनाको मृत्यु भएको हो । फ्लुका कारण मृत्यु हुनेमा अधिकांश वृद्धवृद्धा रहेको तथ्यांक सार्वजनिक भएको छ । अष्ट्रेलियाको क्युन्सल्याण्ड र दक्षिण अष्ट्रेलियामा मात्र यसवर्ष ज्यान गुमाउनेहरु अधिकांश रहेका छन् । हालै सार्वजनिक गरिएको तथ्यांक अनुसार क्युन्सल्याण्डमा २५ जनाले अहिलेसम्म ज्यान गुमाइसकेका छन भने दक्षिण अष्ट्रेलियामा फ्लुकै कारण १७ जनाको मृत्यु भएको हो । ६ वटा… पुरा पढौ

साइप्रसमा १ नेपालीसहित ७ प्रवासी महिलाको हत्या

साइप्रसमा पछिल्लो समय प्रवासी महिलाहरुको हत्या गर्ने क्रम बढेको देखिएको छ । पछिल्लो केही हप्ताभित्र नै एक नेपाली महिलासहित ७ जना प्रवासी महिलाको हत्या भएको छ । हत्या भएका अधिकांश महिलाहरु एसियाकै रहेका छन् । हत्या भएकामा एक जना नेपालीसंगै ४ जना फिलिपिन्सका महिला रहेको अन्तराष्ट्रिय मिडियाले जनाएका छन् । हत्या गरिएकामा ६ देखि ८ वर्षसम्मका २ जना बालिकाहरु समेत रहेको बताईएको छ । हत्या गरिएकाहरुको परिचय भने खुलाईएको छैन… पुरा पढौ

किन घुमिन ट्रफी बोकेर सडकमा निता ?

आईपीएल २०१९ को बिजेता टीमकी मालिक निता अम्बानी ट्रफी बोकेर सडकमा घुमेकी छिन् । आइतबार आईपीएलको फाइनल खेलमा मुम्बई इन्डियन टीमले चेन्नई सुपर किङ्ग्सलाई १ रनले पराजित गरि ट्रफी जीतेपछि खुसिले ट्रफी बोकेर उनी सडक घुमेकी हुन् । मुम्बईले योसमेत चार पटक ट्रफी जितिसकेको छ । भारतीय मिडियाका अनुसार मुम्बई टीमकी मालिक निता अम्बानी खेल अवधिभर मन्त्र जप गरिरहेकी थिइन् । खेल अवधिभर निकै तनावमा देखिएकी निता अम्बानी खेल सकिएपछि… पुरा पढौ

पत्रकार मिनालाई राजधानीमा अपरिचितले गोली हान्दा मृत्यु

टेलिभिजन प्रस्तोताबाट राजनीतिमा उदाउँदै गरेकी मिना मंगललाई शनिबार दिउँसो काबुलमा गोली हानी हत्या गरिएको छ । शनिवार प्रकाशित एक वक्तव्य अनुसार आन्तरिक मामिला मन्त्रालयले अफगान संसद्को सांस्कृतिक मामिला आयोगको एक सल्लाहकारको रूपमा काम गर्न जाँदै गरेको बेला मङ्गललाई सबेरै साढे सात बजेतिर गोली हानिएको हो । प्रहरीले अनुसन्धान थाले पनि उनलाई कसले मारेको भन्ने प्रस्ट भइसकेको छैन । मङ्गलले आफूलाई धम्की आइरहेको र आफ्नो ज्यानको सुरक्षाबारे डर लागिरहेको आफ्नो फेसबुकमा… पुरा पढौ

अमेरिकाले अफगानिस्तान र पाकिस्तानको खाताबाट झिक्यो डलर

अमेरिकाले अफगानिस्तान र पाकिस्तानको सेनाको लागि छुट्याएको १.५ अर्ब अमेरिकी डलर रकम सहयोग कोषबाट झिकेको छ । मेक्सिकोसँगको दक्षिणी सिमानामा पर्खाल निर्माण गर्न स्थानान्तरण गरेको अमेरिकी कार्यवाहक रक्षामन्त्री प्याट्रिक शनाहानले यसको जानकारी दिएका हुन् । ६० करोड अमेरिकी डलर अफगान सुरक्षा फौसको खाताबाट तानिएको छ । त्यस्तै अमेरिकाले ७।८ करोड अमेरिकी डलर ‘गठबन्धन सहयोग कोष’बाट झिकेको छ । गठबन्धन सहयोग कोष अन्तर्गत तानिएको रकम अमेरिकी सेनाले पाकिस्तानलाई दिदैं आएको रकम… पुरा पढौ

अव भारतमा पनि आइएसको नयाँ शाखा विस्तार

आतंकवादी संगठन इस्लामिक स्टेट (आईएस) ले भारतको जम्मू–कश्मीरमा आफ्नो नयाँ शाखा विस्तार गरेको दाबी गरेको छ । गएको १० मे मा आतंकवादी र सुरक्षा बलबीच भएको झडप पछि आईएसले भारतमा पनि शाखा विस्तार गरेको घोषणा गरेको हो । आईएसले नयाँ शाखाको नाम विलायाह अफ हिन्द (भारतीय प्रान्त) राखेको आतंकवादी समूहको समाचार संस्था ‘अमाक’ले बताएको छ । गएको १० मे मा आतंकवादी र सुरक्षा बलबीच भएको झडपमा एक जना आतंकवादीको ज्यान… पुरा पढौ

बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुग्यो

भारतको आन्ध्र प्रदेशमा शनिबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ । प्रहरीका अनुसार आन्ध्र प्रदेशको करनूल जिल्लामा यात्रुबाहक बस अर्को सवारी साधनसँग ठोक्किएर दुर्घटना भएको हो । घाइतेहरुलाई उपचारका लागि नजिकका अस्पतालहरुमा भर्ना गरिएको छ । स्थानीय सञ्चार माध्यमले १३ जना यात्रुको घटनास्थलमै मृत्यु भएको र अरु दुई जनाको उपचारका क्रममा मृत्यु भएको जनाएका छन् । मृत्यु हुने अधिकांश व्यक्ति छिमेकी तेलङ्गाना राज्यको गडवाल जिल्लाका स्थानीयबासी रहेका… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं