ताजा समाचार

वैशाख ३० गते २०७६

अमेरिकाले अफगानिस्तान र पाकिस्तानको खाताबाट झिक्यो डलर

अमेरिकाले अफगानिस्तान र पाकिस्तानको सेनाको लागि छुट्याएको १.५ अर्ब अमेरिकी डलर रकम सहयोग कोषबाट झिकेको छ ।

मेक्सिकोसँगको दक्षिणी सिमानामा पर्खाल निर्माण गर्न स्थानान्तरण गरेको अमेरिकी कार्यवाहक रक्षामन्त्री प्याट्रिक शनाहानले यसको जानकारी दिएका हुन् ।

६० करोड अमेरिकी डलर अफगान सुरक्षा फौसको खाताबाट तानिएको छ । त्यस्तै अमेरिकाले ७।८ करोड अमेरिकी डलर ‘गठबन्धन सहयोग कोष’बाट झिकेको छ । गठबन्धन सहयोग कोष अन्तर्गत तानिएको रकम अमेरिकी सेनाले पाकिस्तानलाई दिदैं आएको रकम हो ।

पछिल्लो समय अफगानिस्तानमा आक्रमणको संख्यामा बढोत्तरी भइरहेको छ । यस्तो अवस्थामा पनि अमेरिकाले रकम स्थानतरण गरेको छ । त्यस्तै अमेरिकाको प्रयासमा भइरहेको तालिवानसँगको वार्ता उलेख्य प्रगति नभएको अवस्थामा भावि दिन आक्रमण थप बढ्न सक्छ ।अक्टोबरदेखि अमेरिका र तालिवानबीच ६ चरणको प्रत्यक्ष वार्ता भइसकेको छ ।