ताजा समाचार

जेठ १ गते २०७६

सोमबारदेखि जङ्गलमा लागेको भीषण आगलागि अझै नियन्त्रणमा आएन

चीनको युनान प्रान्तमा गत सोमबारबाट जङ्गलमा शुरु भएको आगलागी अझै नियन्त्रणमा आएको छैन ।

स्थानीय समयाअनुसार बुधबार बिहान ९ बजेबाट डढेलोको नियन्त्रणका लागि करिब २ हजार व्यक्ति र तीन ओटा हेलिकोप्टर परिचालन गरिएको छ । तर आगलागीको मात्रा घटेको छैन ।

कुङ्मिङ् प्रान्तमा अवस्थित जङ्गलमा आगो फैलिइरहेको र त्यसलाई कम गर्न नसकिएकोे आगलागी नियन्त्रण केन्द्रको प्रान्तीय विभागले जानकारी दिएको छ ।

आगोले के कति जङ्गल सखाप पार्यो भन्ने बारेको समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन । आगोको लप्काले निकै परसम्म नै प्रभाव पारिरहेकोले नियन्त्रणका लागि प्रभावकारी पहल गर्न नसकिएको समाचारमा जनाइएको छ ।