वैशाख २९ गते २०७६

ताजा समाचार

वैशाख २९ गते २०७६

अव भारतमा पनि आइएसको नयाँ शाखा विस्तार



आतंकवादी संगठन इस्लामिक स्टेट (आईएस) ले भारतको जम्मू–कश्मीरमा आफ्नो नयाँ शाखा विस्तार गरेको दाबी गरेको छ ।

गएको १० मे मा आतंकवादी र सुरक्षा बलबीच भएको झडप पछि आईएसले भारतमा पनि शाखा विस्तार गरेको घोषणा गरेको हो ।

आईएसले नयाँ शाखाको नाम विलायाह अफ हिन्द (भारतीय प्रान्त) राखेको आतंकवादी समूहको समाचार संस्था ‘अमाक’ले बताएको छ ।

गएको १० मे मा आतंकवादी र सुरक्षा बलबीच भएको झडपमा एक जना आतंकवादीको ज्यान गएको भारतीय सञ्चार माध्यमहरुले जनाएका थिए । जम्मू–कश्मिरका एक वरिष्ठ पुलिस अधिकारीले भने आईएसको दाबीको खण्डन गरेका छन् ।