आईपीएल २०१९ को बिजेता टीमकी मालिक निता अम्बानी ट्रफी बोकेर सडकमा घुमेकी छिन् ।
आइतबार आईपीएलको फाइनल खेलमा मुम्बई इन्डियन टीमले चेन्नई सुपर किङ्ग्सलाई १ रनले पराजित गरि ट्रफी जीतेपछि खुसिले ट्रफी बोकेर उनी सडक घुमेकी हुन् । मुम्बईले योसमेत चार पटक ट्रफी जितिसकेको छ ।
भारतीय मिडियाका अनुसार मुम्बई टीमकी मालिक निता अम्बानी खेल अवधिभर मन्त्र जप गरिरहेकी थिइन् । खेल अवधिभर निकै तनावमा देखिएकी निता अम्बानी खेल सकिएपछि निकै खुशी देखिएकी छिन् ।




