ताजा समाचार

वैशाख ३० गते २०७६

पत्रकार मिनालाई राजधानीमा अपरिचितले गोली हान्दा मृत्यु

टेलिभिजन प्रस्तोताबाट राजनीतिमा उदाउँदै गरेकी मिना मंगललाई शनिबार दिउँसो काबुलमा गोली हानी हत्या गरिएको छ ।

शनिवार प्रकाशित एक वक्तव्य अनुसार आन्तरिक मामिला मन्त्रालयले अफगान संसद्को सांस्कृतिक मामिला आयोगको एक सल्लाहकारको रूपमा काम गर्न जाँदै गरेको बेला मङ्गललाई सबेरै साढे सात बजेतिर गोली हानिएको हो ।

प्रहरीले अनुसन्धान थाले पनि उनलाई कसले मारेको भन्ने प्रस्ट भइसकेको छैन । मङ्गलले आफूलाई धम्की आइरहेको र आफ्नो ज्यानको सुरक्षाबारे डर लागिरहेको आफ्नो फेसबुकमा पोस्ट गरेकी थिइन् ।

उनको हत्याको निन्दा गर्दै अफ्गानी राजनीतिज्ञहरु र महिला अधिकार कार्यकर्ताहरुले न्यायका लागि माग गरेका छन् । प्रेस अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय संस्था रिपोर्टर्स विदाउट बोर्डर्सले सन् २०१८ मा पत्रकारहरूका निम्ति सबभन्दा खतरनाक देशको सूचीमा अफगानिस्तानलाई राखेको थियो।