ताजा समाचार

वैशाख ३१ गते २०७६

साइप्रसमा १ नेपालीसहित ७ प्रवासी महिलाको हत्या

साइप्रसमा पछिल्लो समय प्रवासी महिलाहरुको हत्या गर्ने क्रम बढेको देखिएको छ । पछिल्लो केही हप्ताभित्र नै एक नेपाली महिलासहित ७ जना प्रवासी महिलाको हत्या भएको छ ।

हत्या भएका अधिकांश महिलाहरु एसियाकै रहेका छन् । हत्या भएकामा एक जना नेपालीसंगै ४ जना फिलिपिन्सका महिला रहेको अन्तराष्ट्रिय मिडियाले जनाएका छन् । हत्या गरिएकामा ६ देखि ८ वर्षसम्मका २ जना बालिकाहरु समेत रहेको बताईएको छ ।

हत्या गरिएकाहरुको परिचय भने खुलाईएको छैन । लगातार जस्तै भएको यस प्रकारको हत्यापछि साइप्रसमा त्रास नै फैलिएको छ । सिरियल किलिंग भईरहेको भन्दै मानिसहरुले आक्रोस व्यक्त गरिरहेका छन् ।

राजधानी निकोसियामामा गरिएको बिरोध र प्रर्दशनमा ठुलो संख्यामा मानिसहरुले सहभागिता जनाएका छन् । प्रहरीले उक्त हत्यामा संलग्न भएका आरोपमा एक जनालाई प्रक्राउ गरिसकेको छ ।