विश्व

विख्यात गीतकार जावेदको जिब्रो थुत्ने धम्की

गीतकार जावेद अख्तरले बुर्कासँगै घुँघट पनि प्रतिवन्ध गर्नुपर्ने अभिव्यक्ति दिएपछि उनी विवादमा तानिएका छन् । उनको भनाइलाई लिएर राजस्थानमा तीव्र आक्रोश व्यक्त गरिएको छ । करणी सेनाका अध्यक्ष सुखदेव सिंह गोगामेड़ीले अख्तरले ३ दिनभित्र माफी नमागे घरबाटै निकालेर कारवाही गर्ने धम्की दिएका छन् । उनले बुर्कामा आतंकवाद छ भने घुँघटमा पनि आँखाको लाज भएको बताए । करणी सेनाको महाराष्ट्र ब्यूरोका अध्यक्ष जीवन सिंह सोलान्कीले भने, ‘हामीले अख्तरलाई तीन दिनभित्रमा माफी… पुरा पढौ

मलाई झापट हान्न लगाउने मोदी नै हो

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाले आफुलाई थप्पड हान्ने काम प्रधानमन्त्रि मोदीकै निर्देशनमा भएको आरोप लगाएका छन् । शनिबार चुनावी अभियानका क्रममा रहेका मुख्यमन्त्रीलाई एक युवाले सडक मै थप्पड हानेपछि आज पत्रकार सम्मेलनमा यस्तो प्रतिक्रिया दिएका हुन् । आम आद्मी पार्टीका संयोजक समेत रहेका अरविन्द केजरीवालले प्रधानमन्त्री पदबाट मोदीले राजीनामा दिनुपर्ने माग समेत गरेका छन् । उनले गएको पाँच वर्षमा आफूमाथि ९ पटक आक्रमण भएको बताए । उनले आफूमाथिको आक्रमण दिल्लीका नागरिकमाथिको… पुरा पढौ

पूर्व अमेरिकाकी राष्ट्रपति ओबामाले नयाँ फिल्म बनाउने

अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामाले श्रीमती मिशेल ओबामासँग मिलेर फिल्म बनाउने भएका छन् । ओबामा दाम्पत्तिले फिल्मको सिरिज बनाउन लागेका हुन् । यसका लागि उनले नेटफ्लिक्ससँग सम्झौता गरेका छन् । ओबामा दम्पत्तिले मनोरञ्जनात्मक मात्र नभई प्रेरणादायी एवं मानिसहरुलाई शिक्षित बनाउने फिल्म निर्माण गर्ने आफ्नो उद्देश्य भएको जानकारी दिएका छन् । ओबामाले गत वर्ष आफ्नो प्रोडक्सन कम्पनी हायर ग्राउन्ड बनाएका थिए । यसमार्फत् उनले सात प्रोजेक्टको घोषणा गरेका छन् । प्रिया… पुरा पढौ

अशान्त भैरहने अफगानिस्तानमा फेरी मारिए ५२ लडाकू

अफगानिस्तानमा सुरक्षा कारबाहीका क्रममा ५२ लडाकू मारिएका छन् । पूर्वी प्रान्त घाज्नी तालिबान लडाकूविरुद्ध सुरक्षा अधिकारीहरुले गरेको कारबाहीको क्रममा स्थानीय दुई नेतासहित ५२ लडाकू मारिएका रक्षा मन्त्रालयले आइतबार जनाएको छ । सेनाले शनिबार विहानैदेखि स्थलगत तथा हवाई कारबाही गरेको उच्च सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन् । मारिने स्थानीय दुई नेतामा अबु खालिद र क्युमान्दान सार्हादी रहेको पनि मन्त्रालयद्धारा जारी वक्तव्यमा जनाइएको छ अफगानिस्तानको राजधानी काबुलदेखि १२५ किलोमिटर टाढा पर्ने त्यस… पुरा पढौ

छोरी जन्मेपछि विवाह गर्दै न्युजिल्याण्डकी प्रधानमन्त्री

न्युजिल्याण्डकी प्रधानमन्त्री जेसिण्डा आरडनकाे उनकाे लिभ–इन–पार्टनर क्लार्क गेफोर्डसँग विवाह हुने भएको छ । न्युजिल्याण्डको प्रधानमन्त्री कार्यालयले यस समचारको पुष्टि गरेको छ । शुक्रबार एक कार्यक्रममा प्रधानमन्त्री आरडनको बायाँ हातको बीचको औंलामा हिराको औंठी देखिएकाले यसबारे अनुमान सुरु भएको थियो । पत्रकारितामा इन्टर्नशिप गरिरहेका एक युवाले यस विषयमा सबैभन्दा पहिले सोधखोज गरेका थिए । उनले प्रधानमन्त्री कार्यालयसँग यसबारेमा प्रश्न गर्दा कार्यालयले सकारात्मक जवाफ दियो । आरडनका प्रेमी क्लार्क पेसाले टीभी प्रस्तोता… पुरा पढौ

१४३ यात्रु बोकेको जहाज नदीमा खस्यो

१४३ जना यात्रु बोकेको बोइङ जहाज अमेरिकाको फ्लोरिडा रनवेबाट चिप्लिएर पानीमा दुर्घटना भएको छ । चार्टर गरिएको बोइङ ७३७ जहाज शुक्रबार राति अवतरण क्रममा हावाहुण्डरी आएपछि हुत्तिएर पानीमा अवतरण हुन पुगेको बिबिसीले जनाएको छ । बिबिसीका अनुसार जहाजमा १३६ जना यात्रु र ७ जना कर्मचारी थिए । जहाजमा धेरै नै क्षति भएको छ भने कम्तीमा २० यात्रु सामान्य घाइते भएका छन् । उनीहरूलाई नजिकैका अस्पतालमा उपचारका निम्ति पठाइएको छ ।… पुरा पढौ

दिल्लीका मुख्यमन्त्रीलाई सडकमै झापड

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई एक युवाले सडकमै झापड हानेका छन् । नयाँ दिल्लीको लोकसभा क्षेत्रमा रोड शो गर्ने क्रममा सुरेश नाम गरेका युवाले उनलाई झापड हिर्काएका थिए । दिल्ली लोकसभा सीटको करमपुरा क्षेत्रमा चुनाव प्रचारप्रसार गर्ने क्रममा उक्त घटना भएको थियो । रोड शोका क्रममा अचानक रातो टिसर्ट लगाएका सुरेश गाडीमा चढ्दै केजरीवाललाई थप्पड हानेका थिए ।  झापड हिर्काएपछि भाग्ने क्रममा समर्थकले सुरेशलाई समातेर प्रहरीलाई बुझाएका थिए । प्रहरीले उनलाई… पुरा पढौ

९० जनामा एचआइभी सारेको भन्दै डाक्टर पक्राउ

एक चिकित्सकले एचआइभी सङ्क्रमित सुई प्रयोग गरी ६५ जना बालबालिकासहित ९० जनामा एचआइभी सारेको आरोपमा पाकिस्तान प्रहरीले पक्राउ गरेको छ । स्थानीय प्रहरी अधिकारी कमरान नवाजले स्वास्थ्य निकायहरुबाटै गुनासो आएपछि चिकित्सकलाई गिरफ्तार गरिएको हो । साथै ती चिकित्सकलाई समेत एचआइभी सङ्क्रमण रहेको सूचना प्राप्त भएको छ । कराची बाहिरको लर्काना शहरका १८ जना बालबालिकामा एचआइभी सङ्क्रमित भएको पाइएपछि स्वास्थ्य अधिकारीहरुले थप अनुसन्धान गरेका थिए । त्यसपछि दर्जनौं अरु सङ्क्रमितहरु भेटिएका… पुरा पढौ

लिबियामा जारी हिंसामा ३ सय ९२ को मृत्यु

लिवियामा जारी हिंसाका कारण अहिलेसम्म ३ सय ९२ जनाको मृत्यु भएको छ । संयुक्त राष्ट्रसंघको समर्थन रहेको लिबिया सरकार र पूर्वी क्षेत्रमा सक्रिय जनरल हफ्तारका विद्रोही सेनाबीच केही समयदेखि जारी भीषण सङ्घर्षका कारण यति ठुलो संख्यामा मानिसको मृत्यु भएको हो । साथै एक हजार ९३६ जना घाइते भएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ । डब्लूएचओका अनुसार करिब ५० हजार सर्बसाधारण विस्थापित भएका छन् । लिबियामा सन् २०११ मा… पुरा पढौ

सामान्य परिवारमा जन्मेर महारानी बनेकी सुथिडासंग थाइ महाराजाको प्रेमकथा यस्तो थियो

उनको जन्म सामान्य परिवारमा भयो। सरकारी विद्यालय पढिन्। कलेजमा सञ्चार कला अध्ययन गरिन्। सन् १९७८ मा जन्मिएकी सुथिडा टिड्जेको करिअर थाइल्यान्डको सरकारी वायुसेवा कम्पनी थाइ एयरवेजबाट सुरु भयो। त्यहाँ उनले आफ्नो जीवनको उन्नत समय बिताइन्। तर धेरै लामो समय होइन। त्यो समय जति छोटो रह्यो त्यति नै उनको जीवनका लागि अर्थपूर्ण पनि। अहिले उनलाई थाइल्यान्डकी महारानी बन्ने अवसर थाइ एयरवेजकै उडानले जुराइदिएको हो। आकासमा उड्ने पेशामा थरिथरिका मान्छेसँग भेट हुन्छ।… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं