ताजा समाचार

वैशाख २२ गते २०७६

छोरी जन्मेपछि विवाह गर्दै न्युजिल्याण्डकी प्रधानमन्त्री

न्युजिल्याण्डकी प्रधानमन्त्री जेसिण्डा आरडनकाे उनकाे लिभ–इन–पार्टनर क्लार्क गेफोर्डसँग विवाह हुने भएको छ । न्युजिल्याण्डको प्रधानमन्त्री कार्यालयले यस समचारको पुष्टि गरेको छ ।

शुक्रबार एक कार्यक्रममा प्रधानमन्त्री आरडनको बायाँ हातको बीचको औंलामा हिराको औंठी देखिएकाले यसबारे अनुमान सुरु भएको थियो ।

पत्रकारितामा इन्टर्नशिप गरिरहेका एक युवाले यस विषयमा सबैभन्दा पहिले सोधखोज गरेका थिए । उनले प्रधानमन्त्री कार्यालयसँग यसबारेमा प्रश्न गर्दा कार्यालयले सकारात्मक जवाफ दियो । आरडनका प्रेमी क्लार्क पेसाले टीभी प्रस्तोता हुन् । दुई जना धेरै पहिलेदेखि सम्बन्धमा रहँदै आएका छन् ।

उनीहरुबीच विवाह नभए पनि पहिलेदेखि सँगै बस्दै आएका थिए । दुईको सम्बन्धबाट एक छोरी छिन् । प्रधानमन्त्री पदमै रहँदा गर्भ बसेपछि आरडन अन्तर्राष्ट्रिय मिडियामा चर्चामा आएकी थिइन् ।