ताजा समाचार

वैशाख २१ गते २०७६

दिल्लीका मुख्यमन्त्रीलाई सडकमै झापड

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई एक युवाले सडकमै झापड हानेका छन् ।

नयाँ दिल्लीको लोकसभा क्षेत्रमा रोड शो गर्ने क्रममा सुरेश नाम गरेका युवाले उनलाई झापड हिर्काएका थिए । दिल्ली लोकसभा सीटको करमपुरा क्षेत्रमा चुनाव प्रचारप्रसार गर्ने क्रममा उक्त घटना भएको थियो । रोड शोका क्रममा अचानक रातो टिसर्ट लगाएका सुरेश गाडीमा चढ्दै केजरीवाललाई थप्पड हानेका थिए । 

झापड हिर्काएपछि भाग्ने क्रममा समर्थकले सुरेशलाई समातेर प्रहरीलाई बुझाएका थिए । प्रहरीले उनलाई पक्राउ गर्दै स्थानीय मोती नगर पुलिस स्टेशनमा लगेको भारतीइ सञ्चारमाध्यमले जनाएका छन् । 

उनीसँग घटनाका बारेमा सोधपुछ भइरहेको दिल्ली प्रहरीले जनाएको छ । यसअघि पनि २०१४ मा रोड शोका क्रममा केजरीवाललाई एक अटो ड्राइभरले थप्पड हिर्काएका थिए ।