ताजा समाचार

वैशाख २२ गते २०७६

मलाई झापट हान्न लगाउने मोदी नै हो

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाले आफुलाई थप्पड हान्ने काम प्रधानमन्त्रि मोदीकै निर्देशनमा भएको आरोप लगाएका छन् ।

शनिबार चुनावी अभियानका क्रममा रहेका मुख्यमन्त्रीलाई एक युवाले सडक मै थप्पड हानेपछि आज पत्रकार सम्मेलनमा यस्तो प्रतिक्रिया दिएका हुन् ।

आम आद्मी पार्टीका संयोजक समेत रहेका अरविन्द केजरीवालले प्रधानमन्त्री पदबाट मोदीले राजीनामा दिनुपर्ने माग समेत गरेका छन् ।

उनले गएको पाँच वर्षमा आफूमाथि ९ पटक आक्रमण भएको बताए । उनले आफूमाथिको आक्रमण दिल्लीका नागरिकमाथिको आक्रमण भएको बताएका छन् ।