विश्व

जनरल सुथिदा बनिन् थाइल्याण्डकी रानी

थाईल्याण्डका राजा नरेश महा बजिरालोङकोरनले आफ्नै अंग रक्षक सुरक्षा दस्ताको जनरल सुथिदासंग विहे गरेका छन् । ६६ बर्षीय बजिरालोङकोरनले ४० वर्षीया सुथिदालाई रानी बनाएका हुन् । आइतबार मात्र बजिरालोङकोरनले राज्याभिषेक गरेको थाई राजदरबारले जनाएको छ । कुनै समय थाई एयरलाइन्समा परिचारिका रहेकी सुथिदा २०१४ मा राजाको विशेष सुरक्षा दस्ताको कमाण्डर बनिन् । अहिले जनरल थिइन् । बुवा भूमिवल अदुल्यादेजको तीन बर्षअघि मृत्यु भएदेखि थाई नरेशले गद्दी सम्हाल्दै आएका छन् ।… पुरा पढौ

मौलाना मसुद अजहर अन्तराष्ट्रिय आतंककारी घोषित

पाकिस्तानको आतंकवादी संगठन जैश ए मोहम्मदका प्रमुख मौलाना मसुद अजहर अन्तर्राष्ट्रिय आतंककारी घोषित भएका छन् । उनलाई संयुक्त राष्ट्रसंघले उक्त घोषणा गरेको हो । यसबारे सुरक्षा परिषदले विज्ञप्ति जारी गर्दै मौलाना मसुद अजहरको सम्बन्ध अलकायदासँग रहेको जनाएको छ । उनिमाथी आक्रमणको योजना बनाउने, पैसा जम्मा गर्ने, हतियार ओसारपसार र बेच्ने गरेको आरोप छ । पाकिस्तानले भने मसुद अजहरलाई आतंककारी घोषणा गर्ने संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद प्रतिवन्ध समितिको निर्णयप्रति प्रश्न उठाएको… पुरा पढौ

नक्सली हमलामा १६ सुरक्षकर्मीको मृत्यु

नक्सलीको हमलामा परेर १६ सुरक्षकर्मीको मृत्यु भएको छ ।एएनआईका अनुसार भारतको महाराष्ट्र राज्यको गढ़चिरौलीमा नक्सलीले सुरक्षाबलको गाडीमा निशाना बनाएर हमला गरेका हुन् । घटनामा १६ जना सुरक्षकर्मीको मृत्यु भएको छ भने १० जना घाइते भएको बताइएको छ ।गढ़चिरौली क्षेत्र महाराष्ट्रको सबै भन्दा अबधि नक्सली प्रभावित क्षेत्र रहेको बताइएको छ । क्रमणको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह र महाराष्ट्रका मुख्यमन्त्रीले खेद व्यक्त गरेका छन् । पुरा पढौ

श्रीलङ्का विस्फोटमा ४२ विदेशी मारिएको पुष्टि

श्रीलङ्कामा गएको अप्रिल २१ मा शृङ्खलाबद्ध रुपमा भएका आत्मघाती आक्रमणमा ज्यान गुमाएका २५३ जना मध्ये ४२ जना विदेशी नागरिक रहेका अधिकारीहरुले मङ्गलबार पुष्टि गरेका छन् । अझै पनि १२ विदेशी नागारिक वेपत्ता रहेका विदेशी मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् । तीन ओटा चर्च र तीन ओटा होटलमा भएका यस आत्मघाती आक्रमणमा परेर घाइते भएका पाँचजना विदेशी नागरिक अझै पनि उचारार्थ अस्पतालमा भर्ना भएका बताइएको छ । श्रीलङ्काको विदेश मन्त्रलयद्धारा जारी… पुरा पढौ

जापानमा आजबाट नयाँ राजा,को हुन नयाँ राजा ?

जापानको राजगद्दीमा आजबाट नयाँ राजा आसिन भएका छन् । यसअघिका राजा अकिहितोले स्वच्छाले गद्दी त्यागेपछि उनका छोरा नारुहितोले नयाँ राजाका रूपमा जिम्मेवारी सम्हालेका हुन् । आफ्नो बिग्रँदो स्वास्थ्य अवस्थाका कारण ८५ वर्षीय अकिहितोले मंगलबार राजगद्दी त्याग गरेका हुन् । उनी जापानको इतिहासमा दुई सय वर्षयता जीवितै रहँदा राजगद्दी त्याग गर्ने पहिलो राजा बनेका छन् । अकिहितोका ५९ वर्षीय छोरा नारुहितोले जापानको १२६औँ राजाका रूपमा बुधबार राजगद्दी सम्हालेका हुन् । योसँगै… पुरा पढौ

जापानी राजाले गद्दीत्याग गर्दै

जापानी राजा आकिहितोले मङ्गलबार जापानको राजगद्दी त्याग गर्दै छन् । पचासी वर्षीय आकिहितोले केही वर्ष अगाडीदेखि नै आफ्नो स्वास्थ्यको कारण राष्ट्रप्रमुखको भूमिका निर्वाह गर्न असमर्थ भएको जनाएपछि उनले गद्दी त्याग्ने वैधानिक अनुमति पाएका थिए । आकिहितोले राजगद्दी त्यागेको भोलिपल्ट नै युवराज नारुहितोले जापानी राजसिंहासन सम्हाल्नेछन् । अर्थात् मे १ बाट युवराज नारुहितोले जापानी राजसिंहासन सम्हाल्नेछन् । जापानमा राजासँग कुनै राजनीतिक अधिकार हुँदैन तर राष्ट्रिय प्रतीकको त्यहाँ राजाको ठूलो सम्मान हुने… पुरा पढौ

यो हो रुसको जासुसी ह्वेल, नर्वेको समुन्द्रमा किन आयो ? भिडियो सहित

रुसको जासुसी ह्वेल नर्वेको समुन्द्रमा फेला परेको छ। विशेष फिता पहिरिएको बेलुगा प्रजातिको ह्वेललाई रुसीको समुन्द्रमा फेला परेको हो । उक्त ह्वेललाई रुसको नौसेनाले प्रशिक्षण दिएको हुनसक्ने नर्वेका अधिकारीहरुले बताएका छन्।ह्वेलमा गोप्रो क्यामेरा जडान गर्ने फिता बेरिएको थियो। नर्वेका माझिहरुले उक्त ह्वेलमा बेरिएको फिता निकालेका थिए। उक्त ह्वेलले नर्वेको माझिहरुको डुंगालाई ४ सय १५ किलोमिटर पछ्याएको बताइएको छ। उक्त ह्वेल निकै मनोरन्जनात्मक र मानवमैत्री भएको जनाइएको छ। माझिहरुले ह्वेल माछाको… पुरा पढौ

अब रु.४५ हजारमै पुगिन्छ जापान !

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी जहाजबाट रु ४५ हजारमै जापानको यात्रा तय गर्न सकिने भएको छ । आगामी असार १९ (४ जुलाई, २०१९) देखि जापानको ओसाका सिधा उडान भर्ने तयारी गरेको निगमले काठमाडौँ–ओसाका उडानको भाडा निर्धारण गरेको हो । जसअनुरुप एकतर्फी ४५ हजार र दुईतर्फी भाडा ७७ कायम गरिएको छ । जापानको एभिएसनले स्वीकृत गरेको भाडादर नै लागू हुने निगमले जनाएको छ । भाडादर स्वीकृत… पुरा पढौ

भारतीय बन्दरगाहमाथि निर्भरता अन्त्य

चीन भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई चीन सरकारले सोमबार राजकीय सम्मान प्रदान गरेको छ । राष्ट्रपति भण्डारीलाई ग्रेट हल अफ द पिपुल्सको पूर्वी गेटको परिसरमा सम्मान दिइएको हो । यस अवसरमा चिनियाँ नेताहरू तिङ् सुएस्याङ, याङ च्ये छ, वु वैह्वा, वाङ यी, स्या पाओलोङ, ह लिफङ लगायत सहभागि थिए । स्वागतमा दुवै मुलुकको राष्ट्रिय धुन बजाइएको थियो । राष्ट्रपति भण्डारीसमक्ष चिनियाँ सेनाले सम्मान गरेको थियो । उनले सेनाको एक समूहको… पुरा पढौ

भारतमा आज चौथो चरणको मतदान कहाँ कहाँ हुदैछ ?

भारतको तल्लो सदन लोकसभाका लागि चौथो चरणको मतदान भैरहेको छ । भारतीय निर्वाचन आयोगका अनुसार ९ वटा राज्यका ७१ स्थानका लागि सोमबार मतदान जारी रहेको छ । निर्वाचन आयोगका अनुसार, चौथो चरणको निर्वाचनमा १२ करोड ७९ लाख मतदाता रहेका र उनीहरुले ९४५ जना उम्मेदवारलाई मतदान गर्नेछन् । प्रधानमन्त्री नरेन्द्र मोदीले आमजनतालाई ट्वीटर मार्फत मतदानमा सक्रिय सहभागी हुन आह्वान गरेका छन् । उनले युवावर्गले मतदानमा भाग लिएर मुलुकको भाग्य बदल्न विशेष… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं