ताजा समाचार

वैशाख १९ गते २०७६

जनरल सुथिदा बनिन् थाइल्याण्डकी रानी

थाईल्याण्डका राजा नरेश महा बजिरालोङकोरनले आफ्नै अंग रक्षक सुरक्षा दस्ताको जनरल सुथिदासंग विहे गरेका छन् । ६६ बर्षीय बजिरालोङकोरनले ४० वर्षीया सुथिदालाई रानी बनाएका हुन् ।

आइतबार मात्र बजिरालोङकोरनले राज्याभिषेक गरेको थाई राजदरबारले जनाएको छ ।

कुनै समय थाई एयरलाइन्समा परिचारिका रहेकी सुथिदा २०१४ मा राजाको विशेष सुरक्षा दस्ताको कमाण्डर बनिन् । अहिले जनरल थिइन् ।

बुवा भूमिवल अदुल्यादेजको तीन बर्षअघि मृत्यु भएदेखि थाई नरेशले गद्दी सम्हाल्दै आएका छन् । उनको राज्याभिषेक भने शनिबार हुँदैछ ।

थाई नरेशको यो चौथो बिहे हो । उनले तेस्री श्रीमतीसँग पाँचबर्ष अघि सम्बन्ध विच्छेद गरेका थिए । थाई नरेशका सात सन्तान छन् ।