ताजा समाचार

वैशाख १८ गते २०७६

नक्सली हमलामा १६ सुरक्षकर्मीको मृत्यु

नक्सलीको हमलामा परेर १६ सुरक्षकर्मीको मृत्यु भएको छ ।एएनआईका अनुसार भारतको महाराष्ट्र राज्यको गढ़चिरौलीमा नक्सलीले सुरक्षाबलको गाडीमा निशाना बनाएर हमला गरेका हुन् ।

घटनामा १६ जना सुरक्षकर्मीको मृत्यु भएको छ भने १० जना घाइते भएको बताइएको छ ।गढ़चिरौली क्षेत्र महाराष्ट्रको सबै भन्दा अबधि नक्सली प्रभावित क्षेत्र रहेको बताइएको छ ।

क्रमणको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह र महाराष्ट्रका मुख्यमन्त्रीले खेद व्यक्त गरेका छन् ।