यो हो रुसको जासुसी ह्वेल, नर्वेको समुन्द्रमा किन आयो ? भिडियो सहित

रुसको जासुसी ह्वेल नर्वेको समुन्द्रमा फेला परेको छ। विशेष फिता पहिरिएको बेलुगा प्रजातिको ह्वेललाई रुसीको समुन्द्रमा फेला परेको हो ।

उक्त ह्वेललाई रुसको नौसेनाले प्रशिक्षण दिएको हुनसक्ने नर्वेका अधिकारीहरुले बताएका छन्।ह्वेलमा गोप्रो क्यामेरा जडान गर्ने फिता बेरिएको थियो। नर्वेका माझिहरुले उक्त ह्वेलमा बेरिएको फिता निकालेका थिए।

उक्त ह्वेलले नर्वेको माझिहरुको डुंगालाई ४ सय १५ किलोमिटर पछ्याएको बताइएको छ। उक्त ह्वेल निकै मनोरन्जनात्मक र मानवमैत्री भएको जनाइएको छ।

माझिहरुले ह्वेल माछाको भिडियो समेत बनाएका छन्। रुसले भने उक्त ह्वेल आफ्नो नभएको जनाएको छ।

आफूहरुले डल्फीन माछा जासुसीको लागि प्रयोग गर्ने रुसको भनाइ छ। सितयुद्ध ताका अमेरिकी नौसेनाले समेत समुन्द्रमा डल्फीन माछा मार्फत जासुसी गर्दथे।
https://www.youtube.com/watch?time_continue=2&v=yHtCW4OM2lU