ताजा समाचार

वैशाख २२ गते २०७६

विख्यात गीतकार जावेदको जिब्रो थुत्ने धम्की

गीतकार जावेद अख्तरले बुर्कासँगै घुँघट पनि प्रतिवन्ध गर्नुपर्ने अभिव्यक्ति दिएपछि उनी विवादमा तानिएका छन् । उनको भनाइलाई लिएर राजस्थानमा तीव्र आक्रोश व्यक्त गरिएको छ ।

करणी सेनाका अध्यक्ष सुखदेव सिंह गोगामेड़ीले अख्तरले ३ दिनभित्र माफी नमागे घरबाटै निकालेर कारवाही गर्ने धम्की दिएका छन् । उनले बुर्कामा आतंकवाद छ भने घुँघटमा पनि आँखाको लाज भएको बताए ।

करणी सेनाको महाराष्ट्र ब्यूरोका अध्यक्ष जीवन सिंह सोलान्कीले भने, ‘हामीले अख्तरलाई तीन दिनभित्रमा माफी माग्न वा परिणामका लागि तयार रहन भनेका छौं । यदि माफी नमागेमा हामी उनको आँखा झिकेर गुच्चा खेल्नेछौं र जिब्रो थुतिदिने छौं । यति मात्रै होइन, हामी उनलाई घरभित्रै घुसेर गोद्नेछौं ।’