ताजा समाचार

वैशाख २० गते २०७६

लिबियामा जारी हिंसामा ३ सय ९२ को मृत्यु

लिवियामा जारी हिंसाका कारण अहिलेसम्म ३ सय ९२ जनाको मृत्यु भएको छ ।

संयुक्त राष्ट्रसंघको समर्थन रहेको लिबिया सरकार र पूर्वी क्षेत्रमा सक्रिय जनरल हफ्तारका विद्रोही सेनाबीच केही समयदेखि जारी भीषण सङ्घर्षका कारण यति ठुलो संख्यामा मानिसको मृत्यु भएको हो ।

साथै एक हजार ९३६ जना घाइते भएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ । डब्लूएचओका अनुसार करिब ५० हजार सर्बसाधारण विस्थापित भएका छन् ।

लिबियामा सन् २०११ मा मुअम्मर गद्दाफीको शासन पतन भएसँगै विभिन्न समूहबीच जारी सशस्त्र सङ्घर्षका कारण सङ्क्रमणकालीन स्थिति जारी छ ।