सिक्किममा २५ वर्षपछि नयाँ मुख्यमन्त्री


भारतको सिक्किमको सत्ताबाट २५ वर्षपछि पवन चाम्लिङ बाहिरिने भएका छन्। विधानसभा चुनावमा चाम्लिङको पार्टी एसडीएफलाई दुई सिटले पछि पार्दै पीएस गोलेको सिक्किम क्रान्तिकारी मोर्चा सत्तानजिक पुगेको छ।

यो नेपालीभाषीको राज्य हो । बिहिबार साँझ सार्वजनिक अन्तिम मत परिणाम अनुसार सिक्किमको विधानसभाका ३२ सिटमा चाम्लिङको पार्टीले १५ सिट जितेको छ भने गोलेको पार्टीले १७ सिट पाएको छ ।

सिक्किममा गोलेको पार्टीलाई सरकार बनाउने बाटो खुलेको छ।सिक्किमबाट लोकसभामा १ जनामात्र निर्वाचित हुने व्यवस्था छ। लोकसभामा पनि गोलेकै पार्टी एसकेएमका इन्द्रहांङ सुब्बा विजयी भएका छन्।

चाम्लिङ सन् १९९४ यता लगातार मुख्यमन्त्री थिए । उनको पार्टीको हार भए पनि उनले भने चुनाव जितेका छन् ।


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं