डुंगा दुर्घटनामा १० जनाको मृत्यु


चीनको दक्षिणपश्चिमी प्रान्त गुइझाओमा बिहीबार अपराह्नमा भएको एक डुंगा दुर्घटनामा कम्ती १० व्यक्तिको मृत्यु भएको छ।

स्थानीय समयानुसार शुक्रबार २ बजेसम्म यस दुर्घटनामा परेका १० व्यक्ति बेपत्ता रहेका स्थानीय अधिकारीहरुले जानकारी दिएका छन्।

यस दुर्घटनामा परेका ११ व्यक्तिलाई भने उद्धार गरिएको र घाइते भएका सबैलाई स्थानीय अस्पतालमा उपचारको लागि लगिएको छ।

स्थानीय समयाअनुसार बिहीबार बेलुका ६ः३० मा दुर्घटना भएको यस डुंगामा २९ व्यक्ति सवार रहेका बताइएको छ। दुर्घटनाको कारण अनुसन्धानरत रहेको जनाइएको छ।


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं