ताजा समाचार

जेठ ६ गते २०७६

विश्व चर्चित २६ वर्षे गायिका सेलेना गोमेज विवाह बन्धनमा बाधिँदै,किन रोजिन ६८ वर्षिय वृद्ध

चर्चित गायिका सेलेना गोमेज अव विवाह बन्धनमा बाँधिदै छिन् । उनले ‘द डेड डोन्ट लाइ’ का सहकर्मी बिल मुर्रेसँग विवाह गर्न लागेको इन्टाग्राममार्फत् जानकारी दिएकी हुन् ।

उनि आफ्नो पहिलो कान्स फिल्म फेस्टिबलमा उपस्थिती जनाएपछि घर फिर्ता भएकी छिन् ।

कान्स फिल्म फेस्टिबलको रेड कार्पेटमा हिँड्दाको अनुभव उनले आफ्नो इन्स्टाग्राम अकाउन्ट मार्फत सेयर गरेकी छिन् । उक्त इन्स्टाग्राम अकाउन्ट मार्फतनै उनले अव छिट्टै बिल मुर्रेसंग विवाह हुने पनि बताईन् ।

कान्सको रेड कार्पेटमा बिलले गोमेजसँग कानेखुसी गरिरहेको देखेपछि यी दुईको प्रेम सम्बन्धबारे विभिन्न समाचार प्रकाशित भएका थिए । उनीहरु एक–अर्काको हात समातिरहेको पनि भेटिएका थिए ।

६८ वर्षे मुर्रेले भ्यानिटी फेयरसँगको कुराकानीमा गोमेजको निकै तारिफ गरेका थिए ।