ताजा समाचार

जेठ १४ गते २०७६

एउटी महिलासंगको गोप्य भिडियोका कारण ढल्यो अस्ट्रियाको सरकार

चुनाव आफ्नो पक्षमा पार्न एक रुसी महिलासँग कुराकानी गरेको गोप्य भिडियो सार्वजनिक भएपछि अस्ट्रियाको सरकार ढलेको छ ।

फ्रिडम पार्टीका नेता तथा अस्ट्रियन चान्सलर सोबास्टियन कु्रज गोप्य भिडियो बाहिरिएपछि सत्ता छोड्न बाध्य भएका हुन् ।

भिडियोका कारण विवादित बनेपछि उनले संसदबाट विश्वासको मत लिनुपर्ने अवस्था आएको थियो । उनले विश्वासको मत प्राप्त गर्न सकेनन् । उनका पूर्व सहयोगी तथा फ्रिडम पार्टी र विपक्षी दल सोसल डेमोक्र्याट्सले अविश्वासको प्रस्तावमा समर्थन जनाएका छन् ।

अस्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर वेन डेर बेलनले भाइन्स चान्सलर हर्टविग लंगरलाई अन्तरिम चान्सलर नियुक्त गरेका छन् । जर्मनीको एक सञ्चारमाध्यमबाट चान्सलर कुर्जको भिडियो सार्वजनिक भएको थियो ।

सन् २०१७ मा स्पेनको इबिसा द्वीमा उक्त भिडियो रेकर्ड भएको थियो । भिडियोमा जर्मनीकै भाईस चान्सलर र अस्ट्रियाका चान्सलर एक रुसी महिलासँग अस्ट्रियाको चुनाव कुर्जको पक्षमा पार्नका लागि त्यहाँको एक ठूलो पत्रिकालाई किन्नुपर्ने प्रस्ताव ती महिलालाई राखेका थिए । कु्रज ३१ वर्षको उमेरमा अस्ट्रियाको चान्सलर बनेका थिए ।