ताजा समाचार

जेठ १३ गते २०७६

भारतमा फेरी भाजपा कार्यकर्ताको हत्या

भारतीय जनता पार्टी (भाजपा) का एक जना कार्यकर्ताको पश्चिम बङ्गालमा फेरी गोली हानी हत्या भएको छ ।

भारतको पश्चिम बङ्गालमा हतियारधारी अज्ञात व्यक्तिले गोली हानेर ३६ बर्षका चन्दन साउको हत्या भएको हो ।

उनीमाथि आइतबार राति भातपारा क्षेत्रमा आक्रमण भएको हो । घटनास्थल पश्चिम बङ्गाल प्रदेशको राजधानी कोलकातादेखि ३३ किलोमिटर टाढा पर्दछ ।

गोली लागेका साउलाई तत्कालै अस्पताल लगिएपनि चिकित्सकहरुले मृत घोषित गरेको एक प्रहरी अधिकारीले जानकारी दिए । यसअघि अमेठीमा भाजपाका नेता तथा पूर्व पंचायत सुरेन्द्र सिंहको हत्या हत्या भएको घटना सेलाउन नपाउदै फेरी अर्काे भाजपा कार्यकर्ताको हत्या भएको हो ।