ताजा समाचार

जेठ १४ गते २०७६

मोदीको शपथग्रहणमा बिमस्टेक मुलुकका अतिथिलाई निम्तो

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्रि केपि ओली लगाएत बिमस्टेक मुलुकका अतिथिलाई निम्तो गरेका छन् ।

दोस्रो कार्यकालका लागि बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रमका लागी उनले निम्तो गरेका हुन् ।

पहिलो कार्यकालमा मोदीले सार्क मुलुकका सरकार प्रमुख तथा राष्ट्र प्रमुखलाई शपथग्रहण समारोहमा आमन्त्रण गरेका थिए ।यसपटक भने उनले बिमस्टेक राष्ट्रको दायराभित्रबाट अतिथि बोलाउँदैछन् । बिमस्टेक राष्ट्रको सदस्यमा सार्क राष्ट्रका तीन सदस्य मुलुक समावेश छैनन् ।

सार्क राष्ट्रका सदस्य पाकिस्तान, माल्दिभ्स र अफगानिस्तानबाहेक अन्य ५ मुलुक बिमस्टेकमा सदस्य छन् । बिमस्टेकमा भारत, नेपाल, भुटान, बंगलादेश, श्रीलंका, थाइल्याण्ड र म्यानमार सदस्य छन् ।