महेन्द्रसिंह धोनी भारतीय सेनाका कर्णेल

भारतीय क्रिकेट टिमका पूर्व कप्तान तथा विकेटकिपर महेन्द्रसिंह धोनीले जम्मु कास्मिरमा सैनिकको रुपमा काम गर्ने भएका छन्।

सेनाको प्यारासुट रेजिमेन्टका मानार्थ लेफ्टिनेट कर्णेल धोनीले १०६ प्रदेशीय बटालियनमा रहेर आगामी ३१ जुलाई देखि १५ अगस्टसम्म काम गर्नेछन्। त्यहाँ रहँदा उनले गस्ती, गार्ड र पोस्टको डिउटी गर्नेछन्। ३८ वर्षीय धोनी सन् २०११ मा प्रादेशिक सेनाको मानार्थ लेफ्टिनेट कर्णेल बनेका थिए।