भर्खरैमात्र बेलायतको गृहमन्त्री बनेकी भारतीय मुलकी प्रिती पटेललाई ट्रोल बनाउँनेलाई जेल सजायँ सुनाईएको छ ।
प्रितीलाई गएको बर्ष अनलाईनमार्फत आपत्तिजनक सन्देश पठाएको आरोपमा प्रक्राउ परेका गेरार्ड ट्रेयमरलाई २२ महिनाको जेल सजाय सुनाईएको हो । यही बर्ष जनवरीमा प्रक्राउ परेका गेरार्ड ट्रेयमरले अदालतमा आफुमाथि लगाईएको आरोप पनि स्वीकार गरेका छन् ।
ट्रेयमरले कन्जरभेटिभ पार्टीका वरिष्ठ सांसदको फेसबुक पेजमा अक्टोबर देखि २०१८ डिसेम्बरसम्म नस्लवादी सन्देश पठाएको आरोप छ । उनले आरोप स्वीकार गरेसंगै म्यानचेस्टर क्राउन कोर्टले उनलाई जेल सजाय सुनाएको हो । यसअघि गेरार्ड ट्रेयमरले आयरल्याण्डका डेमोक्रेटिक युनियरनिस्ट पार्टीका नेता अर्लेने फोस्टरलाई पनि ट्रोल गरेका थिए ।




