विश्व

सुष्मा स्वराजले आफू बिदा हुनु अघि मोदीलाई दिएकी थिइन् यस्तो बधाई

भारतीय पूर्व विदेशमन्त्री सुष्मा स्वराजको ६७ वर्षको उमेरमा मंगलबार राती निधन भएको छ । दिल्लीस्थित एम्स अस्पतालमा उनको निधन भएको हो । पूर्वविदेशमन्त्री स्वराजले निधन हुनु केहीबेर अघि ट्वीटरमा लेखेको एउटा स्टाटस्ले अहिले सञ्चारमाध्यामहरुमा विशेष महत्व पाएको छ । स्वराजले निधन हुनु केही घण्टाअघि मात्र कश्मिर मुद्धालाई लिएर प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएकी थिइन् । उनले प्रधानमन्त्री मोदीसमक्ष यो दिन देख्ने प्रतिक्षामा आफु रहेको बताएकी छिन् ।   पुरा पढौ

भारतका पूर्व विदेशमन्त्री स्वराजको निधन

भारतका पूर्व विदेशीमन्त्री एवं भारतीय जनता पार्टीकी नेतृ शुष्मा स्वराजको निधन भएको छ । ६७ वर्षीय स्वराजको मंगलबार राति निधन भएको हो । मंगलबार राति अचानक हृदयघात भएपछि उनलाई एम्स अस्पताल लगिएको थियो । सन् २०१६ मा मृगौला प्रत्यारोपण गराएकी उनले स्वास्थ्यका कारण गएको लोकसभा चुनावमा पनि उम्मेदवारी दिइनन् । केन्द्रीय स्वास्थ्यमन्त्री हर्षबर्धन तथा केन्द्रीय सदस्‍य नितिन गडकरी एम्स अस्पतालमा पुगेका छन्। साथै सुष्माको श्रीमान र उनका परिवारका सदस्‍यहरु पनि… पुरा पढौ

जम्मू–कश्मीरमा कुन दल कता ?

भारतको जम्मू–कश्मीरमा अनुच्छेद ३७० लाई लिएर भारतमा मात्र हैन विश्वभर नै चर्चा चलिरहेको छ । एक राज्य, दुई झण्डा र दुई विधान अब विगत जस्तो भएको छ ।  नरेन्द्र मोदी सरकारले सोमबार उक्त ऐतिहासिक फैसलामा जम्मू–कश्मीरसंग जोडिएको अनुच्छेद हटाउने संकल्प प्रस्ताव पेश गरेसंगै राज्य पुनर्गठन बिलमार्फत दुई भागमा बाँडेर (जम्मू–कश्मीर र लद्दाख) लाई केन्द्र शासित प्रदेश घोषित गरिने छ ।  राज्यसभाले यसमा स्वीकृति दिए पनि अझै लोकसभाले यसमा केही गरेको… पुरा पढौ

‘सरकारले देशको शीर काट्यो, राष्ट्रसंग गद्दारी गर्यो’

जम्मू–कश्मीरबाट संविधानको अनुच्छेद ३७० हटाउनका साथै राज्यलाई दुई केन्द्र प्रशासित प्रदेशमा विभाजित गरेर केन्द्र सरकारको कदमको आलोचना गर्दै कँग्रेसले सोमबार भाजपा सरकारले देशको सिर काटेको र भारतसँग गद्दारी गरेको आरोप लगाएको छ । राज्यसभामा प्रतिपक्षका नेता तथा कँग्रेसका वरिष्ठ नेता गुलाब नबी आजादले चीन र पाकिस्तानको सीमामा रहेको संवेदनशील राज्यसँग सरकारले खेलवाड गरेको र यसविरुद्ध आफ्नो पार्टी अन्य विपक्षी दलले विरोध गर्ने बताएका हुन् । उनले जम्मू कश्मीर जस्तो सीमावर्ती… पुरा पढौ

हाइक फर नेपाल : ३ घण्टा नेपालमय बन्यो बेलायत (फोटो फिचरसहित)

‘नेपाल भ्रमण वर्ष’ २०२० प्रर्वद्धन हेतु बेलायतको वेल्समा हाइकिङ (लामो दूरीको पैदलयात्रा) आयोजना गरियो । ‘हाइक फर नेपाल’ भनिएको कार्यक्रमले संयुक्त अधिराज्यको उक्त ठाउँलाई करिब ३ घण्टा नेपालमय बनायो । वी विल राइज फाउन्डेसन र पोखरेली मञ्च युकेको संयुक्त प्रयासमा आयोजित ९ किलोमिटर पैदलयात्रामा करिब ३ सय जनाको सहभागिता थियो । नेपाल सरकारले घोषणा गरेको पर्यटन प्रर्वद्धन अभियानलाई सक्दो सहयोग गर्ने दायित्व संसारभर रहेका प्रवासी नेपालीहरूको पनि रहेको उल्लेख गर्दै… पुरा पढौ

जम्मू–कश्मीरलाई दुई खण्डमा बाँडियो

जम्मू–कश्मीरलाई दुई खण्डमा बाँडिएको छ । जम्मू–कश्मीर र लद्दाख गरी दुई राज्य बनाइएको छ । यी दुवै राज्यलाई केन्द्र सरकारले शासन गर्नेछ ।  अनुच्छेद ३७० मध्ये एक खण्डमात्र बाँकी रहने छ । गृहमन्त्री अमित शाहले राज्यसभा संसदमा अनुच्छेद ३७० हटाउने संकल्प पेश गरेका हुन् ।  त्यसपछि संसदमा हंगामा भएको छ । विपक्षी सांसदहरुले भुँइमा बसेर धर्ना दिएका छन् ।  पीडिपी सांसदले सदनमै कुर्ता च्यातेका छन् ।  गृहमन्त्रीले पेश गरेसंगै अब जम्मू–कश्मीर… पुरा पढौ

जम्मू–कश्मीरमा तनाव, मोबाइल, इन्टरनेट बन्द

जम्मू–कश्मीरमा स्थिति बिग्रिएपछि आइतबार राति १२ बजे श्रीनगरमा पूर्व तीन मुख्यमन्त्रीहरुलाई नजरबन्दमा राखिएको छ । फारुक अब्दुल्ला, उमर अब्दुल्ला र महबुबा मुफ्तीलाई नजरबन्दमा राखिएको हो ।  सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर राति १२ बजे धारा १४४ लागू गरिएको छ ।  प्रशासनले राज्यमा र्याली लगाउन रोक लगाएको छ । त्यस्तै मोबाइल इन्टरनेट बन्द गरिएको छ ।  सोमबारदेखि राज्यमा सबै स्कुल कलेज बन्द हुनेछन् । काँग्रेस नेता उस्मान मजीद र माकपा विधायक एमवाई… पुरा पढौ

भारतको राज्यसभामा हंगामा

भारतको राज्यसभामा हंगामा भएको छ । जम्मू–कश्मीरका विषयमा भारतीय केन्द्र सरकारले ठूलै निर्णय लिन लाग्दा हंगामा भएको हो ।  विपक्षी दलका सांसदहरुले कश्मीरमा पूर्व मुख्यमन्त्रीहरुलाई गिरफ्तार गर्नु र कफ्र्यु लगाइनुले अधिकार हनन भएको भन्दै आपत्ति जनाएका हुन् । उनीहरुले यसबारे सरकारले नबताएसम्म संसद अगाडि बढ्न नदिने बताएका छन् ।  गृहमन्त्री अमित शाहले सरकारका निर्णय सार्वजनिक गर्न प्रस्तुत भएकै बेलामा हंगामा भएको हो ।  पुरा पढौ

अमेरिकामा २४ घण्टाभित्र भएका दुई छुट्टाछुट्टै आक्रमणमा २९ को मृत्यु

एल पासो, संयुक्त राज्य अमेरिका । संयुक्त राज्य अमेरिकाको दुई छुट्टाछुट्टै स्थानमा २४ घण्टाको अन्तरालमा भएका आक्रमणमा मृत्यु हुनेको सङ्ख्या २९ पुगेको अमेरिकी अधिकारीले बताएका छन् । यसले अमेरिकामा बन्दूक हिंसालाई कसरी सामना गर्ने भन्ने प्रश्नलाई पुनः बहसमा ल्याएको छ । शनिबार राति एक बन्दूकधारीले टेक्सासको एल पासोस्थित वालमार्ट स्टोरमा चलाएको गोली लागी २० जना मारिएको १३ घण्टा नबित्दै ओहाओको डेटनमा एक रात्रिकालिन मदिरालयबाहिर आइतबार नेपाली समय अनुसार १०:४५ बजे… पुरा पढौ

नेपालमा विवादित बनेको आइफा अवार्ड चीनमा !

नेपालमा विवादित बनेको इन्टरनेशनल इन्डियन फिल्म एकेडेमी अवार्ड (आइफा) चीनमा हुने सम्भावना बढेको छ ।  कार्यक्रम काठमाडौंमा आयोजना गर्ने सरकारको निर्णयमा धेरै विवाद आएपछि सरकार पछि हट्दा चीन इच्छुक देखिएको हो ।  उक्त कार्यक्रम बेइजिङमा हुने सम्भावना बढेको छ । स्रोतका अनुसार बेइजिङले कार्यक्रम आयोजना गर्न इच्छा देखाएको छ ।  केपी शर्मा ओली नेतृत्वको सरकारले नै नेपालमा आयोजना गर्ने निर्णय गरेर सडकदेखि सदनमा विरोध भएपछि पछि हटेको थियो ।  गत… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं