श्रावण २२ गते २०७६

ताजा समाचार

श्रावण २२ गते २०७६

सुष्मा स्वराजले आफू बिदा हुनु अघि मोदीलाई दिएकी थिइन् यस्तो बधाई



भारतीय पूर्व विदेशमन्त्री सुष्मा स्वराजको ६७ वर्षको उमेरमा मंगलबार राती निधन भएको छ । दिल्लीस्थित एम्स अस्पतालमा उनको निधन भएको हो ।

पूर्वविदेशमन्त्री स्वराजले निधन हुनु केहीबेर अघि ट्वीटरमा लेखेको एउटा स्टाटस्ले अहिले सञ्चारमाध्यामहरुमा विशेष महत्व पाएको छ ।

स्वराजले निधन हुनु केही घण्टाअघि मात्र कश्मिर मुद्धालाई लिएर प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएकी थिइन् ।

उनले प्रधानमन्त्री मोदीसमक्ष यो दिन देख्ने प्रतिक्षामा आफु रहेको बताएकी छिन् ।