भारतका पूर्व विदेशीमन्त्री एवं भारतीय जनता पार्टीकी नेतृ शुष्मा स्वराजको निधन भएको छ । ६७ वर्षीय स्वराजको मंगलबार राति निधन भएको हो ।
मंगलबार राति अचानक हृदयघात भएपछि उनलाई एम्स अस्पताल लगिएको थियो । सन् २०१६ मा मृगौला प्रत्यारोपण गराएकी उनले स्वास्थ्यका कारण गएको लोकसभा चुनावमा पनि उम्मेदवारी दिइनन् ।
केन्द्रीय स्वास्थ्यमन्त्री हर्षबर्धन तथा केन्द्रीय सदस्य नितिन गडकरी एम्स अस्पतालमा पुगेका छन्। साथै सुष्माको श्रीमान र उनका परिवारका सदस्यहरु पनि अस्पताल पुगिसकेका छन्। यसअघि सुष्माले तीन घण्टा पहिले मोदीलाइ बधाई दिँदै काश्मिरको मुद्दामा ट्विट गरेकी थिइन्।




