विश्व

भारतमा १४ बर्षीया नेपाली बालिका प्रहरीकै छोराबाट बलात्कृत

नेपाली बालिका बलात्कार गर्ने एक भारतीय युवकलाई प्रहरीले पक्राउ गरेको छ । डोटी जिल्ला साहिल गाविस वडा नं.४ स्थायी घर भएकी नाम परिवर्तित श्यामबहादुर नेपालीकी छोरी आफूले काम गर्ने भारतको नयाँदिल्ली बी फोर्टी वान, छतरपुर एक्सटेन्सनमा आफ्नै मालिकको छोराबाट बलात्कृत भएकी थिइन् ।  दिल्ली पुलिसमा कार्यरत दलवीर सिंहका ३३ वर्षीय छोरा पंकज सिंहले गत असार १५ गते दिउँसो बलात्कार गरेको जनाइएको छ । निज पंकजका श्रीमतीसहित २ छोराछोरी पनि रहेका छन्… पुरा पढौ

लिबिया आक्रमणमा एक नेपाली मारिए, ६ नेपाली शिविरमै अलपत्र, मारिने नेपाली को हुन् ?

युरोपेली मुलुक इटालीका लागि हिँडेका एक नेपाली युद्धग्रस्त अफ्रिकी देश लिबियामा मारिएका छन् । मानव तस्करको चङ्गुलमा परेर त्यहाँ पुगेका उनको राति आक्रमणमा परी मृत्यु भएको त्रिपोलीस्थित अन्तर्राष्ट्रिय आप्रवास सङ्गठन (आइओएम) लाई उद्धृत गर्दै कायरोस्थित नेपाली दूतावासले जनाएको छ ।  आक्रमणमा परी २७ वर्षीय सन्तोष श्रेष्ठसहित धेरै शरणार्थी तथा आप्रवासीको मृत्यु भएको छ । यही असार १७ गते उक्त आक्रमण भएको र नेपाली मृतकका बारेमा थप विवरण प्राप्त नभएको उक्त… पुरा पढौ

राहुल गान्धी हटे कुर्सीबाट, २१ वर्षपछि कांग्रेसलाई गैर–गान्धी अध्यक्ष मिल्ने सम्भावना

भारतीय कांग्रेस आईका अध्यक्ष राहुल गान्धी अब कुर्सीमा नबस्ने भएका छन् । सन् २०१७ को डिसेम्बरबाट काँग्रेस अध्यक्ष बनेका राहुलले पार्टीलाई लोकसभा चुनावमा सफल बनाउन नसकेपछि अब आफ्नो कुर्सीमा बस्ने अधिकार नभएको भन्दै नैतिकताको आधारमा कुर्सीमा नबस्ने निर्णय गरेका हुन् ।  गने मे २५ तारिखमै काँग्रेस कार्यसमिति बैठकमा राजीनामा पेश गरे पनि स्वीकृत भएको छैन । तर बुधबार उनले कुर्सीमा नबस्ने निर्णय गरेका हुन् ।  राहुलले आफूले पार्टी हारको जिम्मा… पुरा पढौ

यस्तो दर्दनाक घटना : चुहिएको पेट्रोल थाप्नेहरुको भिड लागेका बेला ट्याङ्कर विस्फोट, ३५ को मृत्यु

नाइजेरियाको दक्षिणी क्षेत्रमा पेट्रोलियम पदार्थ बोकेको ट्याङ्कर विस्फोट हुँदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ। स्थानीय अधिकारीहरुले मङ्गलबार दिएको जानकारी अनुसार घटनामा परी अरु १०१ जना घाइते पनि भएका छन् । बेन्यु राज्यको अहुम्बे गाउँमा सोमबार घटना भएको हो । सडकमा ट्याङ्कर पल्टिएर दुर्घटना भएको बताइएको छ ।   ट्याङ्करबाट चुहिएको पेट्रोलियम पदार्थ थाप्नेहरुको भिड लागेका बेला ट्याङ्करमा आगलागी भएको अधिकारीहरुले जनाएका छन् । सडक सुरक्षा दलका प्रदेश कमाण्डर अलियु… पुरा पढौ

ट्रम्पलाई व्यंग्य हान्ने कार्टुनिस्टको जागिर नै चैट

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प आप्रवासीहरुप्रति कति कठोर छन् भन्ने कुरा यसअघि नै देखिँदै आएको कुरा हो । आप्रवासीकै कारण अमेरिकामा आतंककारी र हिंसात्मक घटनाहरु हुने गरेको भन्दै उनले आप्रवासी रोक्न धेरै कदमहरु उठाए । तथापी सिमा जोडिएका देशबाट आप्रवासी आउँने क्रम रोकिएन । पछिल्लो पटक उनको लागि सबै भन्दा बढि टाउको दुखाई बनेको थियो मेक्सिकोको । जहाँ आप्रवासी रोक्न उनले कठोर भन्दा कठोर निर्णय लिए । अन्तत मेक्सिकोलाई दण्डात्मक कर… पुरा पढौ

लगातारको वर्षाले तवरे ताल फुट्यो, ६ जनाको शव भेटियो,१७ बेपत्ता

लगातारको वर्षपछि भारतको महाराष्ट्रस्थित रत्नागिरिमा रहेको तवरे ताल फुटेको छ। मंगलबार रातभर भएको भारी वर्षापछि बुधबार बिहान ताल फुटेको हो। ताल फुटरे त्यस आसपासका सात गाउँमा बाढी आएको र बाढीले थुप्रै घरहरु बगाएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। बाढीले घरसँगै थुप्रै व्यक्तिलाई बगाएको र अहिलेसम्म ६ जनाको शव भेटिएको छ। त्यस्तै बाढीमा परेर अहिलेसम्म १७ जना बेपत्ता भएको पुष्टि भएको छ भने अन्य थुप्रै व्यक्ति बेपत्ता भएको हुनसक्ने अनुमान गरिएको… पुरा पढौ

मुम्बईमा पर्खाल भत्किदाँ १८ को मृत्यु

भारतको आर्थिक राजधानी मुम्बईमा अबिरल वर्षापछि एक पर्खाल भत्किँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ। स्थानीय समयानुसार मंगलबार बिहान करिब २ बजे सो संरचना भत्किएको मुम्बईको प्रकोप नियन्त्रण विभागका प्रवक्ता तानाजी काम्बलीले बताए। करिब दुई करोड बासिन्दा रहेको तटीय सहर मुम्बईमा भारी वर्षाका कारण दोस्रो दिन पनि जनजीवन अस्तव्यस्त रहेको छ। भारी वर्षाका कारण सरकारी बिदाको घोषणा गरिएको र स्थानीय बासिन्दालाई घर बाहिर नजान र घरमा नै बस्न सल्लाह दिइएको… पुरा पढौ

५ वर्षका बालकद्धारा साथीको हत्या

भारतमा छत्तीसगढको बगरैल गाउँमा दुई बालकले ६ वर्षका आफ्ना साथीको हत्यागरेका छन् । पाँचदेखि आठ वर्षका दाजुभाइले ६ वर्षका आफ्ना साथी साहिल दासको पेचकसले आँखा फुटाइदिए र बेहोश भएपछि तलाउ फ्याँकिदिएका हुन् । आइतवार यो घटना भएको हो । घटना भएको बेलामा तीन अन्य बालकहरू पनि उपस्थित थिए ।बालकहरू खेल्न भनेर घरबाट निस्केका थिए । सबै बालक घर फर्के तर धेरै बेर हुँदा पनि साहिल नआएपछि उनका हजुरबुवाले साहिलका साथीहरूलाई… पुरा पढौ

स्वीस बैंकमा पैसा राख्नेमा बेलायती सबैभन्दा अगाडि, नेपालीको अवस्था कस्तो छ ?

ज्युरिच (स्वीट्जरल्याण्ड) । स्वीट्जरल्याण्डको बैंकमा पैसा राख्ने मामिलामा बेलायती सबैभन्दा अगाडि देखिएका छन् । स्वीस नेशनल बैंक (एसएनबी)को प्रतिवेदनअनुसार सन् २०१८ मा बैंकको कूल जम्मा भएको रकममा २६ प्रतिशत हिस्सा बेलायती व्यापारीको थियो । स्वीस बैंकमा पैसा राख्ने शीर्ष पाँच मुलुकमा अमेरिका पनि रहेको छ । त्यसपछि वेस्टइन्डिज, फ्रान्स र हङकङका नागरिकको पनि बैंकमा पैसा जम्मा गर्नेको सूचीमा अग्रस्थानमा नाम छ । यी पाँच मुलुकका नागरिकको बैंकको कुल जम्मामा ५० प्रतिशतभन्दा… पुरा पढौ

२७ सिट क्षमताको बसले ५५ जना बोकेपछि दुर्घटना: ३५ जनाको मृत्यु

भारत प्रशासित कश्मीरमा एउटा मिनीबस अनियन्त्रित भएर खोल्सामा खस्दा कम्तिमा ३५ जना यात्रुको मृत्यु भएको छ भने १७ जना घाइते रहेका छन् । जम्मूका आइजीपी एमके सिन्हाका अनुसार २७ जना यात्रु बोक्ने क्षमता रहेको बसमा करीब ५५ यात्रु सवार थिए ,उक्त बस सिर्गवाडी क्षेत्रमा सडकबाट करीब १५० मिटर तल खोल्सामा खसेको हो । दुर्घटनापछि उद्दार टोलीले घाइते यात्रुहरुलाई नजिकैको अस्पतालमा पुर्याएका थिए । उनीहरुको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं