विश्व

भुटान: गरिब देश भएपनि संसारकै खुसी देश हुनुको ६ कारण यस्ता छन्

हाम्रो राजधानी काठमाडौं धुलो धुवाँ र प्रदूषणले आक्रान्त छ । तर, हामीले गरिब ठान्ने देश भुटान भने संसारकै प्रदूषण मुक्त र संसारकै सबैभन्दा खुसी देश हो । यो उपलब्धीमा जति योगदान सरकारी नीतिको छ उत्तिकै योग दान यहाँका नागरिकको पनि छ । यो देशको सुन्दरता देखेर संसारभरबाट पर्यटक यहाँ पुग्छन् । भुटानका चर्चित चिन्तक तथा ग्रोस नेशनल ह्याप्पिनेस सेन्टर भुटानका प्रमुख डा. सांगडू क्षेत्रीका अनुसार भुटानका नागरिक प्रकृतिलाई भगवान मान्छन्… पुरा पढौ

यस्ता पनि दाजुभाई….

भारतको उत्तर प्रदेशको सीतापुर जिल्लामा एक सरकारी विद्यालय परिसरमा आठ क्लासकी एक विद्यार्थीलाई उसकै काकाका छोराहरूले दुई वर्षसम्म सामूहिक बलात्कार गरेको खुल्न आएको छ । त्यतिले मात्र नभई उसका शिक्षकहरूले पनि पापी दाइहरूको साथ दिए । ती विद्यार्थी पढाइमा तगडा भएर दाजुहरूभन्दा अब्बल देखिएपछि रिसले जलेर उनीहरूले यस्तो कुकर्म गरेका हुन् । घटनाको भिडियो परिवारको ह्वाट्सयाप ग्रूपमा पठाइएको थियो । त्यसपछि शनिवार किशोरीले उजुरी दर्ता गराइन् र आरोपितहरूका विरुद्ध एफआईआर… पुरा पढौ

दुई सन्तानसहित चार अर्ब बढी लिएर राजकुमारी फरार

संयुक्त अरब इमिरेट्स (दुबई) की राजकुमारी दुई सन्तानसहित चार अर्व भन्दा बढी रकम लिएर फरार भएकी छिन् । दुबईका अर्बपति राजकुमार शेख मोहम्मद बिन राशिद अल मकतूमका श्रीमती राजकुमारी हया बिन्त अल हुसैन फरार भएकी हुन् । राजकुमारी हुसैन मकतूमका छैठौं श्रीमती हुन् भने उनी जेर्डनका राजा अब्दुल्लाकी सौतनी बहिनी हुन् । चार अर्ब ३३ करोड ६० लाख रुपैयाँ लिएर दुबईबाटट भागेकी उनी लण्डन पुगेकी छन् । लण्डनमा रहेकी हुसैनले… पुरा पढौ

ट्रम्प र किमविच भेट,संसारकै महान् दिन हो: ट्रम्प,नसोचेकै भेट भो: किम

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पहिलो पटक उत्तर कोरियामा पुगेका छन् । समकक्षी किम जोन उनको निमन्त्रणमा उनी उत्तर कोरिया पुगेका हुन् । उत्तर कोरिया पुगेर किमजोन उनसंग भेटपछि ट्रम्पले संसारकै लागि यो महान् दिन भएको प्रतिक्रिया दिएका छन् भने उत्तर कोरियाली नेता किम जोङले यसरी भेट होला भनेर नचिताएको तर पाउँदा निकै खुसी लागेको प्रतिक्रिया दिएका छन् । अमेरिकी राष्ट्रपति ट्रम्प उत्तर कोरियामा पुग्ने पहिलो अमेरिकी राष्ट्रपति बनेका छन् ।… पुरा पढौ

शिक्षिकाले आफ्नै विद्यार्थीसंग यौनसम्बन्ध राखेपछि

आफूले पढाउने विद्यार्थीसंग अनुचित सम्बन्ध राख्ने एक शिक्षिकालाई अदालतले सफाई दिएको छ । एक २९ वर्षीया विवाहित शिक्षिकाले १५ वर्षीय छात्रसंग अनुचित सम्बन्ध राखेकी थिइन । तर अदालतले भने शिक्षिकालाई १५ मिनेटमै रिहाको आदेश दियो । अष्ट्रेलियाको यो घटनापछि अदालतको आलोचना भएको छ । क्वीन्सल्याण्ड हाईस्कुलमा अध्ययनरत आफ्नै विद्यार्थीसंग सम्बन्ध कायम गर्ने २९ वर्षीया साराह जाँय गआजोलाई अदालतले दोषी ठहर नगरिकन १५ मिनेटमै रिहाको आदेश जिएको थियो । अदालतमा बालकले… पुरा पढौ

कांग्रेस प्रदेश प्रवक्ताको गोली हानी हत्या

भारतीय कांग्रेसका प्रदेश प्रवक्ताको गोली हानेर हत्या गरिएको छ । हरियाणा प्रान्तको फरीदाबादमा प्रदेश प्रवक्ता रहेका विकास चौधरीको गोली हानेर हत्या गरिएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका हुन् । उनी कारबाट गइरहेको बेला दुईजनाले गोली प्रहार गरेको बताइएको छ । इण्डियन एक्सप्रेसका अनुसार बुधबार बिहान गोली लागे लगत्तै उनलाई अस्पताल लगिएको थियो । उनको शरिरमा कम्तिमा १० गोली लागेको अस्पतालले जनाएको छ । व्यक्तिगत रिसीबिका कारण चौधरीको हत्या गरिएको हुन… पुरा पढौ

गुगल, फेसबुक र ट्वीटरमाथि मुद्दा चलाउने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रविधि कम्पनीहरु फेसबुक, गुगल र ट्वीटरमाथि मुद्दा चलाउने चेतावनी दिएका छन् । उनले रिपब्लिकन पार्टीविरुद्ध यी कम्पनीले पूर्वाग्रह फैलाइरहेको भन्दै यस्तो बताएका हुन् । उनले सबै कम्पनीहरु डेमोक्रेट रहेको र उनीहरुको सेवा डेमोक्रोट्सप्रति पूर्णरुपमा पक्षपाती रहेको बताएका हुन् । उनले गुगल र फेसबुकमाथि मुद्दा चलाउनु ठिक हुने बताएका हुन् । उनले यसमा ट्वीटरलाई पनि मिसाउँदै पक्षपातको आरोप लगाएका छन् । उनले आफ्ना लाखौं फलोअर्स रहेकोमा जो… पुरा पढौ

विमान दुर्घटना: चालक आफु मरे तर सबै यात्रु बचाए

रुसको साइबेरियामा बिहीबार अवतरणका क्रममा अनियन्त्रित भई ठोकिएर विमान दुर्घटनामा चालक दलका दुई जनाको मृत्यु भएको छ । उलान–उडबाट आएको एएन–२४ कलसाइन साइबेरियाको निझनियनगास्र्क विमानस्थलमा आपतकालीन अवतरण गर्नेक्रममा नजिकै रहेको भवनमा ठोक्किएर दुर्घटनाग्रस्त भएको हो । उक्त बिमान धावनमार्गबाट करिब १०० मिटर टाढा उछिट्टिएको अधिकारीहरुले बताएका छन् । बिमानका चालक दलका दुबै सदस्यको मृत्यु भए पनि बिमानमा सवार सबै ४३ जना यात्रु सकुशल रहेको स्थानीय प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त… पुरा पढौ

चट्याङ लागेर ३० को मृत्यु , २७ घाईते

बिहारको कयौँ जिल्लामा भारी बर्षातसंगै परेको चट्याङले ३० जनाको मृत्यु भएको छ भने २७ जना घाईते भएका छन् । जसमा सबैभन्दा धेरै मृत्यु बेगूसराय र भागलपुर जिल्लामा भएको हो । पूर्णिया जिल्लामा त एकै परिवारका ३ जनाको समेत एकैपटक चट्याङ लागेर मृत्यु भएको छ । यता चट्याङको कारण मानविय क्षति भएपछि मुख्यमन्त्री नीतीश कुमार शोक व्यक्त गर्दै धैर्य धारण गर्न अपिल गरेका छन् । उनले प्रत्येक मृतक परिवारलाई ४ ४… पुरा पढौ

संसारको आखाँ रसाउने बाबुछोरीको तस्बिरको कथा यस्तो छ

रियो ग्रान्डी नदीले दक्षिण-पश्चिम अमेरिका र मेक्सिकोको सीमा छुट्याउँछ। रियो ग्रान्डी देखि नजिकै छ, मेक्सिकोको माटामोरोस सहर। जुलिया ले डक त्यही सहरबाट मेक्सिकोको  ला जर्नाडा पत्रिकामा रिपोर्टिङ गर्छिन्। जुलियाले खिचेको एक तस्बिरले अहिले लाखौंको मुटु हल्लाइरहेको छ। नदीमा तैरिरहेका मृत बाबुछोरीको उक्त तस्बिर सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ। कतिपयले यो तस्बिरलाई तीन वर्षअघि ग्रिस जान लाग्दा समुद्रमा डुबेरमा मरेका सिरियाली बालकको तस्बिरसँग तुलना गरेका छन्। तस्बिरले अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं