ताजा समाचार

असार १३ गते २०७६

कांग्रेस प्रदेश प्रवक्ताको गोली हानी हत्या

भारतीय कांग्रेसका प्रदेश प्रवक्ताको गोली हानेर हत्या गरिएको छ ।

हरियाणा प्रान्तको फरीदाबादमा प्रदेश प्रवक्ता रहेका विकास चौधरीको गोली हानेर हत्या गरिएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका हुन् ।

उनी कारबाट गइरहेको बेला दुईजनाले गोली प्रहार गरेको बताइएको छ । इण्डियन एक्सप्रेसका अनुसार बुधबार बिहान गोली लागे लगत्तै उनलाई अस्पताल लगिएको थियो ।

उनको शरिरमा कम्तिमा १० गोली लागेको अस्पतालले जनाएको छ । व्यक्तिगत रिसीबिका कारण चौधरीको हत्या गरिएको हुन सक्ने फरिदाबाद प्रहरीले जनाएको छ।