ट्रम्प र किमविच भेट,संसारकै महान् दिन हो: ट्रम्प,नसोचेकै भेट भो: किम

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पहिलो पटक उत्तर कोरियामा पुगेका छन् । समकक्षी किम जोन उनको निमन्त्रणमा उनी उत्तर कोरिया पुगेका हुन् ।

उत्तर कोरिया पुगेर किमजोन उनसंग भेटपछि ट्रम्पले संसारकै लागि यो महान् दिन भएको प्रतिक्रिया दिएका छन् भने उत्तर कोरियाली नेता किम जोङले यसरी भेट होला भनेर नचिताएको तर पाउँदा निकै खुसी लागेको प्रतिक्रिया दिएका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्प उत्तर कोरियामा पुग्ने पहिलो अमेरिकी राष्ट्रपति बनेका छन् । अहिले दुई समकक्षीबीच भेटवार्ता चलिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । अमेरिका र उत्तर कोरियाबीच परमाणु हतियारबारे मतान्तर रहँदै आएको छ। यी नेताहरुबीच पहिलो वार्ता सिंगापुरमा भएको थियो।