ताजा समाचार

असार १२ गते २०७६

विमान दुर्घटना: चालक आफु मरे तर सबै यात्रु बचाए

रुसको साइबेरियामा बिहीबार अवतरणका क्रममा अनियन्त्रित भई ठोकिएर विमान दुर्घटनामा चालक दलका दुई जनाको मृत्यु भएको छ ।

उलान–उडबाट आएको एएन–२४ कलसाइन साइबेरियाको निझनियनगास्र्क विमानस्थलमा आपतकालीन अवतरण गर्नेक्रममा नजिकै रहेको भवनमा ठोक्किएर दुर्घटनाग्रस्त भएको हो ।

उक्त बिमान धावनमार्गबाट करिब १०० मिटर टाढा उछिट्टिएको अधिकारीहरुले बताएका छन् ।
बिमानका चालक दलका दुबै सदस्यको मृत्यु भए पनि बिमानमा सवार सबै ४३ जना यात्रु सकुशल रहेको स्थानीय प्रहरीले जनाएको छ ।

दुर्घटनाग्रस्त बिमानमा तत्कालै आगलागी पनि भएको थियो । रुसी उड्डयन प्राधिकरणले दुर्घटनाको बारेमा अनुसन्धान शुरु गरेको जनाएको छ ।