जेठ २४ गते २०७६

ताजा समाचार

विश्व

जेफ बेजोसले किने ८ करोड डलरको घर

विश्वका सबैभन्दा धनी तथा एमजनका संस्थापक जेफ बेजोसले नयाँ घर खरीद गरेका छन् । उनले अमेरिकाको मेनहेटनमा ८ करोड डलरमा उक्त घर खरीद गरेका हुन् । केही समयअघिसम्म एमजनले न्युयोर्कको क्वींस इलाकामा आफ्नो दोस्रो हेडक्वार्टर खोल्ने योजना बनाएको थियो । तर, फेब्रुअरीमा यो योजना रद्द गरिएको थियो । बेजोसले यसपछि न्युयोर्कमा नयाँ घरको खोजीमा थिए । अहिले खरीद गरिएको घरमा उनी गर्लफ्रेन्ड लारेन सन्चेजका साथमा रहनेछन् । बेजोसले खरीद गरेको… पुरा पढौ

बिल गेट्स र वारेन बफेट रेस्टुरेन्टका कामदार

विश्वका सबैभन्दा दुई धनी व्यक्ति के गर्दा हुन् ? उनीहरु कुनै रेष्टुरेन्टमा काम गर्न पुगे भन्ने कुरा सुन्दा अचम्म लाग्न सक्छ । तर, अमेरिकामा यस्तै भएको छ । माइक्रोसफ्टका कोफाउन्डर बिल गेट्स र वर्कसायर हाथवेका चेयरमेन वारेन बफेटले आइसक्रिम तथा फास्टफुड रेस्टुरेन्ट डेरी क्विनमा कर्मचारीको झैं काम गरेका छन् । गेट्सले यसको भिडियो मंगलबार सेयर गरेका छन् ।  बिल गेट्स र वारेन बफेट मिलेर गरेको यो काम खासमा गत महिनाको… पुरा पढौ

अन्धाधुन्ध गोली प्रहार गर्दा ४ जनाको मृत्यु

अस्ट्रेलियाको नर्दन टेरिटोरी राज्यको राजधानी डार्बिनमा एक व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गर्दा कम्तिमा चार जनाको मृत्यु भएको छ । बन्दुकधारीले सटगन लिएर जथाभावी गोली प्रहार गर्दा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । डार्बिनको भित्री क्षेत्र वुल्नरमा कैयौं गोलीको आवाज सुनिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए अहिले सुरक्षा ब्यवस्था कडा पारिएको जनाईएको छ । घटना भएको एक घण्टापछि नै ४५ वर्षीय आक्रमणकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तर पक्राउ परेका व्यक्तिका… पुरा पढौ

नमुना फैसला, नेपालका अदालतले पनि सिको गरुन्

भारतको राजस्थानस्थित प्रतापगढ जिल्ला अदालतले अवैध रुपमा रुख काट्ने ४ अभियुक्तलाई जमानतका लागि १० गुणा बढी बिरुवा रोप्ने आदेश दिएको छ । २७ वटा रुख काटेका उनीहरुलाई अदालतले २७० वटा बिरुवा रोपेर फोटो पेस गर्न भनेको हो ।  यी चार आरोपीले जमानतका लागि न्यायाधीश राजेन्द्रकुमार शर्मासमक्ष निवेदन दिएका थिए । न्यायाधीश शर्माको इजलासले उनीहरुलाई दोषी ठहर्याउँदै एक महिनाभित्र २७० बिरुवा रोप्न आदेश दियो । आदेशअनुसार,  यी बिरुवाको रेखदेख पनि उनीहरुले… पुरा पढौ

प्रदर्शनका क्रममा सेनाले गोली चलाउदा ३० जनाको मृत्यु

सेनाले चलाएको गोली लागेर मृत्यु हुनेको संख्या ३० पुगेको छ । सुडानको राजधानी खार्तुममा सैनिक शासनविरुद्ध प्रदर्शनमा उत्रिएकाहरुमाथि सेनाले गोली प्रहार गरेको हो । गोली लागेर सयौं प्रदर्शनकारी घाइते भएका छन् । सेनाले खार्तुमस्थित एक अस्पतालभित्रै प्रवेश गरेरसमेत गोली चलाएको र ठूलो संख्यामा मानिसको मृत्यु भएको अधिकारकर्मीहरुले जनाएका छन् । सैन्य मुख्यालय अगाडि धर्नामा बसेका प्रदर्शनकारीलाई हटाउने क्रममा सेनाले गोली चलाएको बताइएको थियो । चिकित्सकहरुको केन्द्रीय टोलीले घटनामा सयौं व्यक्ति… पुरा पढौ

महिलालाई सार्वजनिक यातायात निःशुल्क गर्ने मुख्यमन्त्री अरविन्दको घोषणा

भारतको राजधानी शहरमा झण्डै दश लाख महिलालाई सार्वजनिक यातायात सेवा निःशुल्क प्रदान गरिने भएको छ । आगामी दुईदेखि तीन महिनाभित्रमा करिब आठ लाख ५० हजार महिलालाई सेवा दिने निती नयाँ दिल्लीको सरकारले अघि सारिएको हो । नयाँ दिल्लीमा सन् २०१२ मा एउटा निजी बसमा विद्यालयबाट घर फर्किरहेका समय एक छात्रामाथि सामूहिक वलात्कारपछि हत्या गरिएपछि यसलाई महिलाको सुरक्षाका दृष्टिकोणले असुरक्षित भएको महशुस गरिँदै आएको थियो । सन् २०१२ को उक्त घटनालाई… पुरा पढौ

१३ जना सवार विमान सम्पर्कविहिन,खोजीकार्य तिव्र

१३ जना सवार भारतीय वायु सेनाको एएन–३२ विमान सम्पर्कविहिन भएको छ। सोमबार दिउँसो १२ः २५ बजे असमको जोराहटबाट अरुणाञ्चलका लागि उडेको विमान सम्पर्कविहिन भएको हो । उक्त विमानसँग दिउँसो करिब १ बजे अन्तिम सम्पर्क भएको थियो । विमानमा १३ जना सवार रहेको बताइएको छ। उक्त विमानमा चालक दलका आठ जना र अन्य यात्रु पाँच जना रहेका थिए। विमानको खोजीकार्य तिव्र पारिएको छ। पुरा पढौ

दश वर्षपछि ब्रिटिस एयरवेज पाकिस्तान फर्कियो

बेलायती वायुसेवाको ब्रिटिस एयरवेजले दश वर्षपछि सोमबारदेखि पाकिस्तान उडान शुरु गरेको छ । दश वर्षभन्दा पहिले सुरक्षा अवस्था कमजोर रहेका कारण उडान स्थगित गरेको एयरवेजले आजबाट उडान सुरु गरेको हो । इस्लामाबादको म्यारिअट होटलमा घातक आक्रमण भएपछि ब्रिटिस एयरवेजले सन् २००८ देखि उडान स्थगित गरेको थियो । अब ब्रिटिस एयरवेजले लन्डनको हिथ्रो विमानस्थलबाट पाकिस्तानको राजधानी इस्लामाबाद सिधा उडान हप्ताको तीन दिन गर्नेछ । बेलायतमा पाकिस्तानी मुलका दश लाखभन्दा बढी मानिस… पुरा पढौ

राज्यभर महिलालाई बस तथा मेट्रो सेवा सित्तैमा

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीमा महिलालाई बस र मेट्रो सेवा निःशुल्क गर्ने घोषणा गरेका छन् । सोमबार पत्रकार सम्मेलन आयोजना गरी केजरीवालले अब केहि दिनमै महिलाहरू दिल्लीमा निःशुल्क यात्रा गर्न सक्ने घोषणा गरेका हुन् । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पत्रकार सम्मेलनमार्फत महिलालाई उपहार दिंदै अब छिट्टै डीटीसी बस र क्लस्टर बस तथा मेट्रोमा निःशुल्क यात्रा गराउने जानकारी गराएका हुन् । केजरीवालले टिकट किनेर यात्रा गर्न चाहने महिलाले टिकट किन्न सक्ने… पुरा पढौ

अनि म समलिंगीबाट पुरुष भएँ

फिलिपिन्स राष्ट्रपति रोद्रिगो दुतेर्तेले आफू ‘विगतमा समलिङ्गी भएको र ‘उपचार’ गरेर ठीक भएको बताएका छन् । विभिन्न समय उट्पट्याङ अभिव्यक्ति दिइरहने दुतेर्तेले विहिबार टोकियोमा यो अभिव्यक्ति दिएका हुन् । जापानको भ्रमणमा रहेको दुतेर्तेले त्यहाँको फिलिपिनो समुदायको भेला सम्बोधन गर्ने क्रममा यो कुरा भनेका थिए । उनले विपक्षी नेता एन्टोनियो ट्रिल्लान्सलाई समलिङ्गी रहेको आरोप लगाएका थिए । दुतेर्तेले आफूले एन्टोनियोको समलिङ्गीपना महसुसनै गर्न सक्ने भन्दै त्यसको कारण खुलाउँदै भने, ‘मेरी पूर्व… पुरा पढौ