ताजा समाचार

असार ११ गते २०७६

अफगानिस्तानमा आठ सुरक्षा अधिकारीको मृत्यु

अफगानिस्तानको पश्चिमी प्रान्त हेरातको मध्य भागमा रहेको एक जिल्लामा मङ्गलबार राती तालिबान लडाकू समूहको आक्रमणमा परी कम्तीमा आठ सुरक्षा अधिकारीको मृत्यु भएको छ ।

प्रहरी स्रोतले बुधबार दिएको उक्त जानकारी अनुसार गोलरान जिल्लामा तालिबानहरु आक्रमण गर्दा आठ सुरक्षा अधिकारीको मृत्यु हुनुको साथै जिल्ला प्रहरी प्रमुखलगायत १६ जना घाइते भएका छन् ।

मङ्गलबार राती भएको यस आक्रमणपछि सुरक्षाबल र तालिबान लडाकूबीचको झडप बुधबारसम्म पनि जारी रहेको प्रान्तीय प्रहरीका प्रवक्ता अब्दुल अहाद वालिजादाले सिन्ह्वा समाचार समितिलाई बताएका छन । तर यस घटनाको विषयमा तालिबान लडाकू समूहले कुनै प्रतिक्रिया दिएको छैन ।