पाकिस्तानीमा टेलिभिजन लाइभ शो मै एक नेताले पत्रकारलाई कुटेका छन्।
तहरीक.ए.इन्साफ (पीटीआई)का नेता मसरूर अली सियालले कराँची प्रेस क्लबका अध्यक्ष इम्तियाज खान फरनलाई लाइभ अन्तरवार्ताकै क्रममा कुटेका हुन्।
यस घटनाको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। मसरूर र इम्तियाज न्युज लाइन विद आफताब मुघेरी शोमा सहभागी थिए। दुवैबीच अन्तर्वार्ताका क्रममा भएको विवादले उग्र रुप लियो।
त्यही क्रममा रिसाएका सियालले इम्तियाजलाई कुटपिट गरेका हुन्। यी दुई बाहेक अर्का एक पाहुना पनि लाइभ शोमा सहभागी थिए। भिडियो भाइरल भएपछि सामाजिक सञ्जालमा पाकिस्तानी प्रधानमन्त्री इमरान खान र उनको पार्टीको आलोचना भइरहेको छ। https://www.youtube.com/watch?time_continue=140&v=UChD52VcmHQ




