ताजा समाचार

असार १० गते २०७६

भारतमा सडक दुर्घटना ६ को मृत्यु ४५ घाइते

भारतको पूर्वी राज्य झारखण्डमा बिहीबार भएको एक सडक दुर्घटनामा परी छ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ४५ जना घाइते भएका छन् ।

झारखण्डको गडवा जिल्लामा स्थानीय समयाअनुसार मङ्गलबार ३ः३० बजे बिहान बस खाल्डोमा खसेपछि सो दुर्घटना भएको हो ।

छतिसगढको छिमेकमा पर्ने अम्बिकापुर जिल्लाबाट गडवातर्फ गईरहेको सो बस दुर्घटना भएको जनाइएको छ । दुर्घटना भएको सो स्थानमा उद्धारकार्य सकिएको र घाइतेहरुलाई उपचारको लागि नजिकको अस्पतामा लगिएको प्रहरी स्रोतले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएको छ ।

घाइते मध्ये केहीको अस्वथा गम्भीर भएको हुनाले मृतकहरुको सङ्ख्या बढ्न सक्ने अनुमान प्रहरीको रहेको छ ।