दुई सन्तानसहित चार अर्ब बढी लिएर राजकुमारी फरार

संयुक्त अरब इमिरेट्स (दुबई) की राजकुमारी दुई सन्तानसहित चार अर्व भन्दा बढी रकम लिएर फरार भएकी छिन् ।

दुबईका अर्बपति राजकुमार शेख मोहम्मद बिन राशिद अल मकतूमका श्रीमती राजकुमारी हया बिन्त अल हुसैन फरार भएकी हुन् ।

राजकुमारी हुसैन मकतूमका छैठौं श्रीमती हुन् भने उनी जेर्डनका राजा अब्दुल्लाकी सौतनी बहिनी हुन् । चार अर्ब ३३ करोड ६० लाख रुपैयाँ लिएर दुबईबाटट भागेकी उनी लण्डन पुगेकी छन् । लण्डनमा रहेकी हुसैनले जर्मनीमा राजनीतिक शरण मागेको जनाईएको छ । उनले राजा शेखसँग सम्बन्ध विच्छेद (तलाक) मागेकी छन् ।

तर यता शेखले भने आफ्नी पत्नि फिर्ता गरिदिन जर्मनसँग माग गरेका छन् । अन्यथा दुई मुलुकबीच राजनीतिक संकट बढ्ने चेतावनी समेत उनले दिएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।